बेलायतमा भारतीयहरूमाथि भएको आक्रमणको विरोधमा विएचपीले बेलायती दूतावास बाहिर प्रदर्शन गरे

257 Shares

नयाँ दिल्ली । बेलायतमा भारतीय हिन्दुहरु माथि भएको आक्रमणको विरुद्ध विश्व हिन्दू परिषदका सदस्यहरुले दिल्लीमा बेलायती दुतावासको अगाडी भेला भएर विरोध प्रदर्शन गरेका छन् ।
विश्व हिन्दु परिषदका सदस्यहरू शनिबार बेलायतको लेस्टर, बर्मिंघम र स्मेथविकमा भारतीयहरूमाथि भएको आक्रमणको विरोध गर्न दिल्लीस्थित बेलायती दूतावास बाहिर भेला भएर प्रदर्शन गरेका हुन् ।
उनीहरुले दूतावासका अधिकारीहरुलाई भेट्ने प्रयासमा विरोध प्रदर्शन गरेका थिए । यसअघि वीएचपीले युकेका प्रधानमन्त्री लिज ट्रसलाई पत्र लेखेर हिन्दू र उनीहरूका पूजास्थलहरूलाई चरमपन्थीहरूले निशाना बनाएको बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार