वृन्दावनको नवनिर्मित थप प्रशासनिक भवनको मेयर पटेलद्वारा उदघाटन
रौतहट, २१ मंसिर । रौतहटको वृन्दावन नगरपालिकाको थप भवन निर्माण भई सञ्चालनमा आएको छ।
पर्याप्त भवनको अभावमा कर्मचारीलाई कामकाज गर्न निकै समस्या हुँदै आइरहेको अवस्थालाई मध्य नजर गर्दै वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले नगरपालिकाको थप प्रशासनिक भवन निर्माण गरेकाे हो
बुधबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख कुर्मीले नगर कार्य पालिका कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
आजै देखि उक्त भवन सञ्चालनमा आएको हो।
पहिला प्रयाप्त भवनको अभावमा एउटै कोठामा चार चारवटा सम्म शाखाहरू सञ्चालन हुँदै आएको थियो ।
एउटै कोठामा थुप्रै शाखाहरू सञ्चालन गर्नुपर्दा दैनिक कामकाज गर्न कर्मचारीहरुलाई समस्या हुँदै आएको थियो भने नागरिकको समेत कामकाज प्रभावित हुँदै आएको थियो।
भवनको अभावमा कर्मचारीलाई कामकाज गर्न समस्या भइरहेको र दैनिक कामकाज समेत प्रभावित भइरहेको देखेर नगर प्रमुख विनोद प्रसाद कुर्मीले थप दुईवटा छुटाछुटै भवन निर्माण गरी कार्यालय विस्तार गरेका हुन्।
उक्त भवनमा एउटा सभा हलको छुट्टै व्यवस्था गरिएको छ भने प्रशासन, राजस्व तथा दर्ता चलानी शाखा, सामाजिक सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा,रोजगार सेवा केन्द्र तथा लघुउद्यम शाखा, योजना तथा अनुगमन शाखा, प्राविधिक शाखा र शिक्षा युवा तथा खेलकुद शाखाको छुट्टै व्यवस्था गरिएको छ ।
तर अब नगरपालिकाको प्रयाप्त मात्रामा आफ्नै प्रशासनिक भवन निर्माण भएपछि भाडाको घरमा सञ्चालन हुँदै आएको कार्यालयको सेवा अब आफ्नै प्रशासनिक भवनबाट सुचारु भएको हो।भवनको उद्घाटन गरे ।
शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माण कार्यको नाममा पूर्व मेयर यादवले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको मेयर पटेलले बताए ।
भवन उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेल, जनप्रतिनिधि, कर्मचारी लगाएतको सहभागिता रहेको थियो।