राहदानीका लागि घण्टौं लाइन पुसको जाडोमा

153 Shares

काठमाडौं, ७ पुस । राहदानीको लागि घण्टौं लाइन बस्न बाध्यता अहिले पनि हटेको छैन ।
बिहीबार बिहान त्रिपुरेश्वर स्थित विभाग कार्यालयको अगाडि देखिएका सेवाग्राहीको लामो लाइनले धेरै कुरा पुष्टि गर्छ ।
छिटो पालो पाउने आशमा पुसको जाडोमा सेवाग्राहीहरु झिसमिसेमै लाइनमा बसेको देखिन्थ्यो । कतिपयले रात नै यहीँ काटेको अनुभव पनि सुनाउँछन् । सेवाग्राहीलाई सहज होस् भनेर राहदानी विभागले अनलाइनबाट समेत सेवा दिंदै आएको छ । तर लाइन लाग्ने बाध्यता अहिले सम्म हटेको छैन ।
राहदानी विभागले पुस ५ गतेदेखि अपराह्न साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ । यस भन्दा अगाडि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुन्थ्यो ।
प्रायजसो जिल्ला र इलाका प्रशासन कार्यालयहरु पनि ११ बजेदेखि नै बुकिङ खुलाउँदा विभागको सर्भरमा अत्यधिक चाप परेर वेबसाइट नै नखुल्ने समस्या भएपछि समय हेरफेर गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार