सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको

126 Shares

काठमाडौं, ७ पुस । नेपाली बजारमा आज पनि सुन रचाँदीको भाउ बढेको छ । नेपाल सुन रचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुन र चाँदीकै मूल्य बढेको छ ।
महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको छे । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम छ ।

हिजोबुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रूपैयाँ कायम थियो ।
यही महिनाको पहिलो दिन तोलामा ९९ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको मूल्य यतिबेला १ लाख १५ सय रूपैयाँ पुगिसकेको छ ।
आज चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय रूपैयाँ थियो । जुन, आज बढेर १४ सय ५ रूपैयाँ पुगेको हो । यो महिनाको पहिलो दिन चाँदीको मूल्य तोलामा १३ सय ७० रूपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार