प्रहरीको गोली लागेर स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु

131 Shares

भुवनेश्वर (भारत), एएनआई १६ माघ । प्रहरीको गोली लागेर घाइते भएका भारत ओडिशा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।
आइतबार दिउँसो एक सार्वजनिक कार्यक्रममा जाने क्रममा नवकिशोर दास माथि एक प्रहरीले गोली हानेका थिए । गोली लागेलगत्तै उनलाई हवाई एम्बुलेन्स मार्फत् उपचारका लागि भुवनेश्वरस्थित एक निजी अस्पताल लगिएको थियो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, ओडिशाका मुख्यमन्त्री नवीन पटनायक लगायतले स्वास्थ्यमन्त्री दासको निधनप्रति शोक व्यक्त गरेका छन् ।
स्वास्थ्यमन्त्री दासको हत्याको कारण खुलेको छैन । मुख्यमन्त्री पटनायकले घटनाको अनुसन्धान गर्न क्राइम ब्रान्चलाई जिम्मा दिइएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार