नेपाल विद्यार्थी संघ सर्लाहीको सभापतिमा धिरज दाहा नियुक्त

   माघ १६, २०७९  
273 Shares

मलंगवा, १६ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) सर्लाहीको सभापतिमा धिरज दाहा नियुक्त भएको छ ।
नेविसंघका केन्द्रीय सभापति दुजाङ शेर्पाले दाहालाई नेविसंघ सर्लाहीको सभापतिको जिम्मेवारीमा नियुक्त गरेको हो ।
क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव हुने चर्चाका बीच नेविसंघको केन्द्रीय समितिले सर्लाहीमा सभापति तोकेको छ ।
नेपाली कांग्रेस सर्लाहीको पत्र अनुसार नेविसंघ सर्लाहीको सभापति पद रिक्त रहेकाले ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी दाहालाई सभापतिको जिम्मेवारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै