अर्थमन्त्रीमा नियुक्त भएपछि १०१ किलोको मालाले स्वागत

173 Shares

मलंगवा, १९ माघ । मधेश प्रदेशको अर्थमन्त्रीमा नियुक्त भएपछि बिहिवार पहिलो पटक गृह जिल्ला सर्लाहीमा आएका सन्जय कुमार यादवलाई सदरमुकाम मलंगवामा १०१ किलोको मालाले स्वागत गरिएको छ ।
निर्वाचित पार्टीका जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मलंगवा स्थित जानकी पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी १०१ किलोको मालाले सम्मान गरेको हो । मंसिर ४ को निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ (ख) बाट दोस्रो पटक मधेश प्रदेश सभाको सदस्यमा निर्वाचित भएका थिए ।
गत पुस २९ गते जसपाबाट बिनाविभागीय मन्त्रीको रुपमा नियुक्त भएर पद तथा गोपनियताको शपथ लिएका सन्जय कुमार यादवलाई माघ १२ गते अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
रायकै अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य द्वय प्रमोद साह र किरण देवी, जिल्ला इन्चार्ज अशोक यादव, पार्टीको मधेश प्रदेश समितिका उपाध्यक्ष रामपृत पासवान लगायतको उपस्थितिे थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार