क्यानको दोस्रो पटक विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी

154 Shares

काठमाडौँ, १९ माघ । नेपाल क्रिकेट सङ्घ (क्यान) को दोस्रो पटक आफ्नो विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दुर्गा पाठकलाई सुम्पिएको छ ।
क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ललाई विधान विपरीत कार्यवाहक सचिवको जिम्मेवारी दिएको क्यान दोस्रो पटक विधान विपरीत गएको हो ।
क्यानको विधान अनुसार धारा २८ मा पदपूर्ति सम्बन्धी व्यवस्था गरेको छ । धारा २८ को १ मा पूर्व पदाधिकारी सदस्यलाई सुम्पिएको जिम्मेवारी अन्य पदाधिकारीलाई सुम्पिन सक्नेछ ।
क्यानमा जम्मा चार जना पदाधिकारी छन् । जसमा दुई पद रिक्त छ । उपाध्यक्ष भएको खण्डमा उपाध्यक्षलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने मनसाय बनाएको क्यानले सदस्यलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने भएको हो ।

साधारण सभाबाट पारित नभए उनको पद स्वतः रद्द हुनेछ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले अहिले आफूहरूले पदाधिकारी नभएको अवस्थामा कामचलाउको रूपमा पाठकलाई नियुक्त गरेको र साधारण सभाबाट बाधा अडकाउ फुकाऊ गरेर पारित गर्ने बताए ।

सम्बन्धित समाचार