जानकी मन्दिरका महन्थको विवादलाई कालिगण्डकी नदीको जुगल शिलाले विराम लगाए

   माघ २२, २०७९  
109 Shares

जनकपुरधाम, २२ माघ । जानकी मन्दिरको उत्तराधिकारी महन्थ बारे केही समयदेखि चलिरहेको विवादलाई कालिगण्डकी नदीको जुगल शिलाले विराम लगाएको छ ।
अयोध्यामा भगवान रामललाको प्रतिमा निर्माणका लागि शिला हस्तान्तरण पत्रमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्थमा रामरोशन दास वैष्णवको नाम उल्लेख रहेको हो ।
मन्दिरको महन्थले उत्तराधिकारी तोक्ने परम्परा रहीआएको उनको तर्क थियो । हुनत मन्दिरको उत्तराधिकारी महन्थमा गुठी संस्थानबाट मनोज दास वैष्णवले पनि पत्र पाएको दाबी गरिरहेका छन् ।
अयोध्यामा प्रदान गरिएको पत्रको कारण मनोज दास असन्तुष्ट बनेको बताइएको छ । शिला प्रदानमा राजनीतिक नेताहरुको हालीमुहाली रहे पनि जानकी मन्दिरका महन्थ र उत्तराधिकारी महन्थलाई अप्रत्यक्ष रुपमा जोडने काम भएको छ ।
जानकी मन्दिरमा ‘गुरु चेला’ परम्पराको आधारमा उत्तराधिकारी महन्थको चयन जीवनको अन्तिम समयमा महन्थले नै गर्छन् । उत्तराधिकारी कायम भएका चेलोले महन्थको मृत्युपछि स्वतःमहन्थ हुने चलन छ । जानकी मन्दिर छुट गुठी अन्तरगत रहे पनि गुठी संस्थानले महन्थको नियुक्ति गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै