चन्द्रगढीको लागि उडेको बुद्ध एयरमा समस्या आएपछि पुनः काठमाडौंमै अवतरण गराइयो

   २९ असार २०८०, शुक्रबार १५:१९  

रौतहट, २९ असार । काठमाडौंबाट चन्द्रगढीका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि तत्कालै काठमाडौं फर्काएर अवतरण गराइएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध एयरको उडान नम्वर ९५५ को जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौं मै फिर्ता गरिएको हो ।
उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुलाइ झापा पठाउने तयारी गरिएको र सो जहाजलाई चेकजाँचका लागि ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।
काठमाडौंबाट उडेको केही समयमै इण्डिकेसन समस्या आएपछि जहाज काठमाडौंमै फिर्ता गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै