मलंगवामा कर्फयु हटाएर २७ गते सम्म निषेधाज्ञा

सर्लाही, २४ भदौं । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कफर््यु हटाएर निषेधाज्ञा जारी गरेको छ ।
श्रीकृष्णजन्माष्टमीको मुर्ती विर्सजन गर्ने क्रममा सर्लाही सदरमुकाम मलंगवामा शुक्रवार राति दुई समुदाय बीच झड्प भएका थिए । सोही झड्पलाई लिएर शनिवार विहानै देखि मलंगवा अशान्त बन्दै जाँदा जिल्ला प्रशासन कार्यालयले शनिवार साँझ ५ बजे देखि आईतवार विहान ८ बजे सम्म कफर््यु लगाएको थियो ।
आज अवस्थामा क्रमश सुधार हुदै गएपछि कफर््यु हटाएर भदौं २७ गते सम्मे निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
कफर््यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको उनले भने । निषेधाज्ञा लगाइएको क्षेत्रमा हुलहुज्जत, सभा, भिडभाड लगायतका अप्रिय कार्य गर्न पूर्ण रुपमा निषेध गरिएको छ । व्यपक संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नगरको अवस्थालाई सामान्य बनाउने प्रयासमा खलल पुर्याउने जो कोहीलाई नियन्त्रणमा लिई कारवाही गरिने उनेल स्पष्ट पारे ।
निषेधाज्ञा जारी भएको क्षेत्रमा, मलंगवा नगरक्षेत्र, पूर्वमा पुरानो झीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोल पम्म सम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ यादवले जानकारी दिए ।
शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलङ्गवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो ।