पञ्च तत्वमा विलिन भए नेम्वाङको पार्थिव शरिर

   २८ भाद्र २०८०, बिहीबार १६:२१  

रौतहट, २८ भदौं । संविधान सभाको अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर पञ्च तत्वमा विलिन भए ।
स्वर्गीय नेम्वाङलाई राजकीय सम्मानका साथ भावव्ह्ील अन्तिम यात्रा सुरु भएर पशुपति आर्यघाटमा पुगेर उनको पार्थिव शरिरलाई उनको दुबै छोराले दागबत्ती दिएपछि पञ्च तत्वमा विलिन भएको हो ।
उनलाई पशुपति आर्यघाटमा छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिए । उनको सम्मानमा नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । त्यसअघि नेम्वाङको पार्थिव शरिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
सोमबार मध्यराति घरकै शौचालयमा बेहोस भेटिएएका नेम्वाङलाई शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको थियो । जहाँ उनलाई चिकित्सकहरुले मृत घोषण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै