रौतहट, २ चैत । टि–२० फ्रेन्डसीप (मैत्रीपूर्ण) खेलमा कर्मचारीको टीम एक रनले विजयी भएका छन् ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा जारी रहेको अध्यक्ष कप अन्तर्गत एक दिनको खाली समयको सदुपयोग गर्दै कर्मचारी भर्सेस पत्रकारको क्रिकेट टिम विच भएको निकै रोचक खेलमा कर्मचारीको टिमले एक रनबाट विजयी भएका हुन् ।
टस जितेर पहिलो ब्याटिंग गरेका कर्मचारीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४० रन बनाएका थिए । १४१ को लक्ष्य पुरा गर्न आएको पत्रकारको लागि सुरुआत राम्रो रहेन जाबो ४३ रनको स्कोरमा ३ विकेट गुमाइसेपनि पत्रकार धर्मेन्द्र साह र संतोष पौडेलको शानदार ७६ रनको साझेदारीको कारण जित नजिक पुगिसकेका पत्रकार टिम अन्तिम ओभरमा नाटकिय ढंगबाट १ रनले पराजित हुनु परेको थियो ।
पत्रकारको तर्फबाट राजेश्वर पाण्डेले सर्वाधिक ५ विकेट लिए भने कर्मचारीको तर्फ विवेक सहनीले ४ विकेट लिदै आजको म्यान अफ दि म्याच घोषित भएको थियो । समाजसेवी तथा प्रदेश सभा सदस्य प्रत्याशी राजेश चौधरीले विजेता र उपविजेतालाई शिल्ड वितरण गरेको थियो ।
हुनतः भोली अध्यक्ष कपको फाइनलमा वडा नम्वर २ भलोहिया र वडा नम्वर ३ मत्सरी विच हुने छन् ।