वीरगञ्ज, ११ वैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्वर १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली शर्ट भएर सुल्किएको आगोले सात वटा घर जलेर नष्ट भएको छ ।
“सात जनाको फुसको घरमा रहेका लत्ताकपडा, खाद्यान र भाँडाकुँडा सहितका बहुमुल्य समानहरु जलेर नष्ट भएको हो” ।
वीरगञ्ज महानगरपालिका वडा नम्वर १७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीका अनुसार, “ठूलो आगलागी भएकाले तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठ लगायत संरचना पनि जलेर नष्ट भएको बताए ।”
आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी ८ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीले बताए ।
वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित ४ लाख ८० हजार, तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा ११ लाख ६० हजार, फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी ४ लाख १६ हजार, अभय सहनी ७ लाख ८० हजार, अदालत साहको ६ लाख २३ हजार बराबरको क्षति भएको पर्सा प्रहरीले जनाएको छ ।