देशका पहाडी भागमा आँशिक बदली रहने, बाँकी भूभागमा पूर्णतया मौसम सफा रहने

51 Shares
रौतहट, १२ वैशाख । जल तथा मौसम पूर्वानुमान महाशाखाद्धारा जारी गरिएको बुलेटिनमा देशका पहाडी भुभागमा आँशिक बदली रहने तथा बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने छ ।
विभागका अनुसार बुधवार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने भएको हो ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ । लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरूमा हावा हुरी चल्ने सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना देखिन्छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको  छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा आज राति पनि हावा हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार