अज्ञात समुहद्धारा जेसेभीमा आगजनी

   १३ जेष्ठ २०८१, आईतवार १४:३०  

सर्लाही, १३ जेठ । सर्लाहीमा अज्ञात समुहले जेसेभीमा आगजनी गराउदा जेलेर क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका वडा नम्वर ५ स्थित कालिञ्जोर खोलमा रहेका बा.३ क. २९८६ नम्वरको जेसेभीमा अज्ञात समुहले शनिवार दिउसो आगो लगाएका थिए ।
सो जेसिभीकका लालबन्दी नपा १७ का २६ बर्षिय रबी अधिकारी हिजो विहान खोलामा पाकिंग गरेर खाना खान साहुको घर वडा नम्वर ३ सिसवामा गएको थियो । सोही समयमा अज्ञात समुहले जेसेभीमा आगो लगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
जेसेभीमा आगो लागेको थाहा पाउन साथ इप्रका लालबन्दीबाट प्रहरी टोली संगै स्थानीय बासिन्दाहरु र दमकलको मद्दतले आगोलाई नियन्त्रणमा लिन सफल भएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
प्रहरीले आगो लगाउने अज्ञात समुहको खोजी कार्य जारी राख्दै सो विषयमा आवश्यक अनुसन्धान गरिरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै