काबुल । अफगानिस्तानमा खाद्यान्नको अभावमा चरम भोकमरी एवं गरिवीको शिकार बन्दै गएको छ त्यहाँको बालबालिकाहरु । मानविय संवेदनहिन्ता भएको तालिवानी सरकारले बालबालिकाको क्षेत्रमा खासै ठोस कदम नउठाएकोमा यस्तो अवस्था सृजना भएको बताइएको छ ।
तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि र बढ्दो गरिबी र वित्तीय अस्थिरतासँगै देशको अर्थतन्त्रमा उल्लेखनीय सङ्कुचन आएपछि अफगान बालबालिकालाई मानवीय सहायताको तत्काल आवश्यकता परेको सेभ द चिल्ड्रेनले जनाएको छ ।
यस संस्थाले एक करोड ३० लाख बालबालिकासहित मानवीय सहायताको तत्काल आवश्यकता रहेको जनाइएको हो । सेभ द चिल्ड्रेन बुधबार जारी गरिएको एक अध्ययनको प्रतिवेदनअनुसार अफगानिस्तानका ९२ लाख बालबालिकासहित एक करोड ८९ लाख मानिसले सन् २०२२ को जुन र नोभेम्बरको बीचमा आपतकालीन वा महत्वपूर्ण खाद्य असुरक्षाको अनुभव गर्न सक्ने छन् ।
संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमलाई उद्धृत गर्दै प्रतिवेदनले अफगानिस्तानको ९७ प्रतिशत जनसङ्ख्या चरम गरिबीमा बाँचिरहेको र दिनप्रतिदिन गरिबीको रेखामुनि गइरहेको उल्लेख गरेको छ ।
पाँच वर्षमुनिका ११ लाखभन्दा बढी अफगान बालबालिका तीव्र कुपोषणको सिकार भएका छन् । यो कुपोषणको रोग अफगानिस्तानले हाल सामना गरिरहेको कोभिड–१९, दादुरा, झाडापखाला र डेंगु ज्वरो रोगहरूमध्ये एक भएको बताइएको छ ।
युक्रेन सङ्कटले खाद्य लागतमा भएको बृद्धिमा ठूलो प्रभाव पारेको छ । अफगानिस्तान हाल गम्भीर मानवीय सङ्कटसँग लडिरहेको छ । यस देशमा अहिले विश्वमा सबैभन्दा बढी सङ्ख्यामा आपतकालीन खाद्यान्न असुरक्षामा परेका मानिसहरु रहेका अन्तर्राष्ट्रिय मूल्याङ्कनले बताएको छ ।
दुई करोड ३० लाख भन्दा बढी सहायताको आवश्यकता छ । करिब ९५ प्रतिशत जनसंख्या अपर्याप्त खाना उपभोग गरिरेहको पनि यस प्रतिवेदनमा बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन