रौतहट, ४ मंसिर । नेपाल नेत्रज्योति संघद्वारा संचालित गौर आँखा अस्पतालले सञ्चालन गरेको बृहत् निःशुल्क आँखा परिक्षण शिविर शुक्रवार मौलापुर नगरपालिकामा आयोजना गरियो ।
गौर आँखा अस्पतालको महाअभियान अन्तर्गत मौलापुर नगरपालिका–५ स्थित रिलायन्स पब्लिक बोडिंग स्कुलमा आयोजित शिविरमा ३२६ जना महिला एवं पुरुषहरु लाभान्वित भएका हुन् ।
शिविरमा परीक्षण गरिएकाहरु मध्ये ७६ जनाको आँखामा मोतियाबिन्दु भएको हुँदा उनीहरु शल्यक्रियाको लागि छनौटमा परेको बताइएको छ । त्यस्तै १८९ जनालाई निःशुल्क रुपमा औषधि वितरण गरियो ।
स्थानीय युवा समाजसेवी रामलखन पटेलको विशेष पहल तथा रुइट फाउन्डेसनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको गौर आँखा अस्पतालले जनाए ।
शिविरमा आँखा रोग विशेषज्ञ तथा स्वास्थ्यकर्मीको टोलीले सेवाग्राहीको आँखा परीक्षण, विशेषज्ञ परामर्श र आवश्यक स्वास्थ्य सेवा प्रदान गरेको थियो । सुयोग्य मगर र अमित दासको नेतृत्वमा उषा चौधरी, जितेन्द्र यादव, अंकिता साह, गौरीशंकर राउतसहित ११ सदस्यीय स्वास्थ्यकर्मी टोली उपचार सेवामा खटिएको अस्पताल श्रोतबाट बुझिएको छ ।
स्थानीय स्तरमा शिविरबारे व्यापक प्रचारप्रसार गर्नेदेखि उपचार सेवाको पहुँचबाट टाढा रहेका बिरामीलाई घरबाटै शिविरस्थल सम्म ल्याउने र उपचारपछि घरसम्म पुर्याउने यातायातको व्यवस्थासमेत युवा समाजसेवी पटेलले गरेको अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
अस्पतालको सेवा प्रभावकारिता र गुणस्तर सुनिश्चित गर्न नेपाल नेत्रज्योति संघका अध्यक्ष विजयकुमार सिंह, सचिव, सदस्य बच्चाबाबु यादव तथा वरिष्ठ लेखा अधिकृत पवनकुमार न्यौपानेले शिविरको अनुगमन तथा निरीक्षण गरेको संयोजक पाण्डेले भने ।
गौरको सिर्सियामा मंसिर ११ निःशुल्क आँखा शिविर संचालन हुने
गौर आँखा अस्पतालले महाअभियानलाई निरन्तरता दिँदै यही ११ गते शुक्रबार गौर नगरपालिका–सिर्सियामा अर्को बृहत् निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्ने तयारी गरेको अस्पतालका संयोजक पाण्डेले जानकारी दिए ।
अभियानमा स्थानीय आयोजक एवं समाजिक अभियन्ता विजय श्रीवास्तवका अनुसार यस अभियानलाई वर्षकै उत्कृष्ट तथा नमुना सामाजिक सेवामूलक अभियानका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताए ।
आर्थिक अभाव तथा अन्य कारणले आँखाको उपचारबाट वञ्चित रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले ग्रामीण तथा विपन्न समुदायका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्ने अवसरको रुपमा लिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन