नेपाल भारत सीमा क्षेत्रका जनताहरु जागरुक, सीमाको सुरक्षा प्रति संवेदनशिल

338 Shares

प्रभातकुमार झा
नेपाल भारत विचको सम्बन्ध आजको होइन, यो सम्बन्ध युगौं युगको हो, नेपाल भारत विचको सम्बन्ध मानव सभ्यताको विकास संगै एक आपसमा पारस्पर सम्बन्ध स्थापित भएको पाइएको छ । भनिन्छ त्रेता युगमा भगवान रामचन्द्रको विवाह जनकपुरको राजा जनकको पुत्री सिता संग भएपछि त्यसै वेला देखि नेपाल र भारत विच वैवाहिक सम्बन्ध स्थापित भएको थियो । वेद पुराणमा लगायतका ग्रन्थहरुमा भगवान रामको माता सिता संग वैवाहिक सम्बन्ध स्थापित भएको सम्बन्धको कतिपय उदाहरुणहरु पाइन्छ । प्रत्येक बर्ष मंसिर पंचमी तिथीका दिन विवाह पंचमी भनेर उत्सव मनाउने गरिन्छ । उक्त उत्सवमा भारतको अयोध्याबाट भगवान रामको जन्ती जनकपुर आउने गर्दछ । त्रेता युगको परमपरा अहिले पनि कायम रहेको हुँदा नेपाल भारत विचको सम्बन्ध कसैले चाहेर पनि टुट्न सक्दैनन । चाहे जस्तोसुकै अवस्था किन न होस ? सम्बन्ध भनेको सम्बन्ध नै हुन्छ, स्वार्थमा बाझिएर सम्बन्धमा दरार पर्दछन् भने त्यो सम्बन्धको कुनै महत्व हुदैनन र त्यसताको दिगोपना हुदैन त्यसैले नेपाल भारत विचको सम्बन्ध अटुट हो, प्रगाढ हो, देवी देउताले स्थापित गरेको सम्बन्ध हो ।
त्यसो भए नेपालको कपिलबस्तु जिल्लाको तिलौराकोट दरवारको सुख र विलासिता जिवन परित्याग गरेर सिद्धात गौतम भारतमा ज्ञान प्राप्त गरेर भगवान बुद्ध बने । राजशी ठाटबाटलाई त्याग गरेर ज्ञानको खोजीमा निस्किएका सिद्धात गौतम भारतको बोध गया स्थित पिपलको रुख मुनी तपस्यामा लिन भए । ततपश्चात उनले ज्ञान प्राप्त गरेर शान्तिको प्रतिक बुद्धोत्व प्राप्त गरेर भगवान बुद्धबाट नेपाल भारतको श्रीलंका, चिन, थाइलैण्ड लगायतका अनेकौं देशमा बुद्ध धर्मलाई उच्च सम्माको साथ नाम लिइ स्थान दिइन्छ । के विरासतमा पाएका सम्बन्धहरुलाई निहित स्वार्थका कारण अक्षुण राख्न सक्दैनौं, के जनता जनार्दन भन्दा ठूलो अरु केही छ त ? आज नेपाल र भारतको जनताहरुलाई बुझ्नु जरुरी रहेको छ । खास गरेर नेपाल भारत सीमा क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरुमा परस्पर सम्बन्ध, राष्ट्रिय हित र सीमाको सुरक्षा गर्नमा कुनै कसर बाकी राखेको छैनन् । राज्य भन्दा जनताहरु आफै संवेदनशिल भएर सीमा क्षेत्रको सुरक्षा गरिरहेको पाइएको छ ।
तर शान्ति सहन गर्न नसक्ने केही अदृष्य तत्वहरु जनभावनालाई विगार्न विभिन्न षड्यन्त्रहरु वेला बखतमा गर्दै आएको कारण यदाकदा सिमा क्षेत्रको जग्गा मिचिएको कुराहरुलाई हावा दिने र छिमेकी छिमेकी विच मतभेद खडा गर्ने खालको कुतत्वहरु गर्न लागि परेका छन् । नेपालको भारत संग सिमा जोडिएका जिल्लाहरु मेची देखि महाकाली सम्म वा अहिले भन्नुपर्दा प्रदेश नम्वर १ देखि लिएर सुदुर पश्चिम प्रदेशको केही जिल्लाहरुमा विवाद गराएर तनाव सृजना गराउने षड्यन्त्र भईरहदा त्यस्ता कार्यबाट दुवै देशको नागरिकहरु सचेत हुनुपर्ने देखिन्छ ।
महोत्तरीको नैनही गाउँ र भारतको नवाही गाउँको विचमा रहेको पुरानो पुललाई नयाँ बनाउन लाग्दा केही महिना अगाडी अनावश्यक रुपमा विवाद सृजना गर्दा निर्माण कार्य रोकिन पुग्यो । जसको कारण दुवै देशका जनताहरुलाई आवतजावत गर्न निकै कठिनाई उत्पन्न भएको छ । रातु खोलामा पर्ने उक्त पुल भारतले निर्माण गर्न लाग्दा दशगज्जामा बनाइरहेको भन्दै विवाद सृजना गरियो । जसको असर जनतालाई परिरहेको छ । सीमा क्षेत्रको रक्षा गर्न आफै सक्षम रहेको जनताहरुलाई आपसमा मेलमिलाप गर्न नचाहनेहरुको षड्यन्त्रको शिकार अहिले उक्त स्थानको जनताहरु भएको छ ।
सीमा क्षेत्रको सुरक्षा एवं सीमाबाट अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्नको जिम्मेवारी पाएको सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रमा कुनै विवाद नरहेको बताउँछन् । सशस्त्र प्रहरीको मधेश प्रदेश प्रमुख डिआइजी गणेशबहादुर ठाडा मगरले धेरै पहिला पुलको निर्माणको विषयलाई लिएर स्थानीयद्धारा विवाद हुँदा अनुगमन निरीक्षण गरियो तर विवाद खासै देखिएन । उक्त समस्या समाधान गर्न तत्कालिन अवस्थामा बनाइएको वकिंग कमिटीले पनि दुवै देशको नापी विभागको प्राविधिक टोलीहरु परिचालन गरेर बास्तविक सीमा क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिए ।
डिआजी मगरका अनुसार मधेश प्रदेशको आठै जिल्लामा सीमा विवाद खासै नगरेको छ । यस्तै जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले हाम्रो जिल्लामा भारत संग टाँसिएका सीमा क्षेत्रको गाउँमा कुनै विवाद नरहेको बताए ।
आधिकारीक रुपमा कुनै विवाद नभएपनि अवाञ्छित तत्वहरुको कारण यदाकदा त्यस्ता भ्रामक एवं नियोजत ढंगबाट विवादलाई तुल दिएर समाचार प्रकाशमा आउने गरेको भएपनि त्यस्ता समाचारहरु अर्थहीन हो । सीमा क्षेत्रका जनताहरु निकै संवेदनशिन छ, सीमाको सुरक्षा आफै गरिरहेको छ, जनताहरु आपसमा मिलेर बसेको छ, जनताहरु आपसमा मिलेर बसेको देख्दा षड्यन्त्रकारी तत्वहरुलाई अपाच्य भई यस्ता भ्रामक तथ्यहिन समाचारलाई आर्थिक प्रलोभनमा पारी उजार गराउन पछि पर्दैनन् । त्यस्ता तत्वहरुको भ्रामकताको पछि पर्ने र धरातलमा टेकेर अघि बढ्नमा यहाँका जनताहरु विश्वास गर्दछन् । नेपाल भारत विचको सम्बन्धमा दरार उत्पन्न गर्ने कुतत्वहरु आफै पाखा लाग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।