चन्द्रपुर । जडिबुटी दिवशको अबसर पारेर चन्द्रपुर पतन्जली योग समिति चन्द्रनिगाहपुरले बिहीबार बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तथा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले बृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए । नगर प्रमुख काफलेले बृक्षारोपण गर्नुको साथ साथै हुर्काउन पनि उतिकै ध्यान दिनुपर्ने बताएका छन । बृक्षारोपण आयोजना गर्ने चन्द्रपुर पतन्जली योग समितिलाइ धन्यबाद दिदै नगर प्रमुख काफलेले यस्ता कामहरुको लागी आवश्यक साथ र सहयोगको लागी नगरपालिका तयार रहेको समेत बताएका छन । चन्द्रपुर नगरपालिका वाडं नं। ५ सुन्दरबस्तीको फिल्डमा बिभिन्न प्रजातिका १ सय २५ वटा जडिबुटीका बिरुवाहरु रोपेको चन्द्रपुर पतन्जली योग समितिका अध्यक्ष अर्जुन तिमलसिनाले जानकारी दिएका छन ।
आयुर्वेद शिरोमणि बालकृष्ण आचार्यश्रीको जन्मदिन एवं जडीबुटी दिवसमा आचार्यश्रीको शु स्वास्थ्य,दिर्घायूको कामना गर्दै हवन,विभिन्न जडीबुटीका वृक्षा रोपण गरेको अध्यक्ष तिमलसिनाले बताए ।
बृक्षारोपण कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब गणेश नेपाली,चन्द्रपुर वडा ५ का अध्यक्ष निलहरी कोईराला,वन डिभिजन कार्यलय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राम प्रसाद साह,जिल्ला आयुर्वेद अन्द्रस्पतालका प्रतिनिधि ,लाईन्स क्लवका निशा कोईराला, कार्यपालिका सदस्य शुसिला पाण्डे, वडा सदस्य मान बहादुर राना समाजसेवि केदार थापा, राम प्रसाद धिताल, अमृत श्रेष्ठ, चिडियादह स्टार क्लवका शंकर सुवेदी,बिक्रम घिमिरे,हिलेखोला समुदाईक वनका अध्यक्ष रामकृष्ण अधिकारी लगायतको सहभागिता रहेको थियो ।
साथै कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि र पतंन्जलि योग समिति चन्द्रपुरका पदाधिकारीहरु ,योगगुरु,योग साधक,साधिका,योगप्रेमिको उपस्थिति रहेको अध्यक्ष तिमलसिनाले जानकारी दिएका छन । कार्यक्रममा पतन्जली योग समिति मधेश प्रदेशका सदस्य भुपाल श्रेष्ठले स्वागत मनत्ब्य र कार्यक्रमको उदेश्यबारे जानकारी गराएका थिए ।
संचारकर्मी रमेश तिमलसिनाको सहयोगमा

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन