छोरा नजन्माउने गर्भवती महिलाको हत्या ः दाजु पनालाल साहको आरोप

413 Shares

रौतहट, २० साउन । छोरा नजन्माएको झोकमा पाँच बर्ष अघि विहे गरेर घर भित्रयाएको गर्भवती महिलालाई घरका सदस्यहरु चरम यातना दिई हत्या गरेको रहस्य सार्वजनिक भएको छ ।
वारा जिल्लाको पचरौता नगरपालिका वडा नम्वर ९ कुडवा गाउँका हरेन्द्र प्रसाद साहको २१ बर्षिय छोरी पुनम साहको विगत ५ बर्ष अघि रौतहटको मौलापुर नगरपालिका ७ सगैया गाउँको सियाराम साहको छोरा रविन्द्र साह संग मागी विवाह समाजिक परमपरा अनुसार भएको थियो ।
पुनमको विहे भएको ३ बर्ष पछि पहिलो गर्भवती हुँदा उनको श्रीमान सहित ससुराली पक्षका सासु र ससुराहरु गर्भमा रहेका भ्रुण परिक्षण गराउन लगाई छोरी रहेको थाहा पाएपछि गर्भपतन गराउन दवाव दिए तर बुहारी पुनमले मानिन । पुनमलाई विभिन्न डरत्रास देखाएर गर्भपतन गराइयो । पुनम पुन ः दाश्रो पटक गर्भवती भएपछि खुशी हुँदै श्रीमान रविन्द्रलाई आफू गर्भवती भएको बताइन । श्रीमान सहितको परिवारको सदस्यहरु अल्ट्रासाउण्ड गराएपछि पुन ः गर्भमा छोरी रहेको चिकित्सकले भन्दा गर्भ तुहाउन दवाव दिएपनि पुनमले मानिन । गर्भ तुहाउन अश्विकार गरेपछि साउन १५ गते विहान ८ देखि १० बजेको समयमा पुनमलाई यातना दिई लछापछार गर्दै सामुहिक रुपमा पासो लगाएर हत्या गरिदिएको मृतकको दाजु पनालाल साहले गम्भीर आरोप लगाए ।

गर्भवती महिलालाई चरम यातना दिएर हत्या गर्ने लाई कारवाहीको डायरामा ल्याउनु पर्छ, बहिनीलाई निर्ममतापूर्वक हत्या गरेको छ तर पिडक राजनीतिक संरक्षणमा उम्कीरहेको छ, हामी जस्ता पिडितहरु कसरी न्याय पाउने हो ? मृतकको दाजु पनालाल साहले सम्बन्धित निकाय समक्ष प्रश्न तेश्रयाएको छ ।


मृतक महिलाको दाजु साहले गौरमा रिपोटर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा बहिनी माथि उसको श्रीमान सहित सासु र ससुराले गरेको मानव संवेदनशिलताको चरम यातना पार गर्दै गरेको कुकृत्यलाई राजनीतिक आडमा पिडकहरुलाई समात्न प्रहरी नसकेको हुँदा बाँध्य भई संचारकर्मीहरुको मार्फत सम्बन्धित निकायको ध्यानकर्षण गराउन चाहेको बताए ।
बहिनीको हत्या गरेको १० घण्टा पछि हामीलाई खवर गरेको हेर्न जाँदा बहिनी पुनम समक्ष हामीलाई प्रहरी र ससुराली पक्षका व्यक्तिहरुले जान दिएनन । मेरो बहिनी आफै पासो लगाएर आत्महत्या गरेको भन्दै चिकित्सकलाई समेत प्रलोभनमा पारेको गम्भीर आरोप लगाउदै साहले हामीलाई बहिनीको शव पोष्टमार्टम पछि समेत हेर्न दिएन ।
हत्या भएको पाँच दिन वितिसक्दा पनि न्यायको लागि जिल्ला प्रहरी कार्यालय गौरमा धाउदा जाहेरी समेत नलिएको दुखेसो संचारकर्मी समक्ष पोखे । राजनीतिक पहुँचको आधारमा पिडक पक्षले हत्यालाई आत्महत्या बनाइरहेको र त्यसलाई जिल्ला प्रहरी कार्यालय रौतहटले ढाकछोप गर्दै पिडकलाई उम्काउने दाउमा रहेको मृतकको दाजु पनालाल साहले प्रहरी माथि गम्भीर आरोप लगाए ।
यस विषयमा दुई दिन अघि जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यभार सम्हालेका एसपी विरबहादुर बुढा मगरले म आउनु अघि मौलापुरमा महिलाको मृत्यु भएको छ, पोष्टमार्टम रिपोर्टमा पासो लगाएर आत्महत्या गरेको देखाएको छ तै पनि हामी गम्भीर भएर अनुसन्धान गरिरहेका छौं, अनुसन्धान गर्दा अलि ढिलो हुन सक्छ तर निर्दोषलाई फसाउनु हुन्न भने मेरो मान्यता रहेको उनले बताए । श्रीमानद्धारा आत्महत्या गर्न उस्काएको हुन सक्छ तर सबै आशंकित पक्षलाई मध्यनजर राख्दै हामी सुक्ष्म अनुसन्धान गरिरहेको हुँदा अहिले नै हत्या हो कि आत्महत्या हो भन्न नसकिने बताए । पिडित पक्षले कत्तव्र्य ज्यानको मुद्दा दर्ता गर्न दवाव दिइरहेको तर अनुसन्धानबाट वास्तविक्ता फरक पर्यो भने अनाहकमा निर्दोष फस्ने छन् । म आफै अनुसन्धान गरिरहेको हँुदा धर्य एवं विश्वास राख्न उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।