ताइवान । ताइवानमा पहिलो पटक चीनले मिसाइलबाट हमला गरेको छ । उसले बिहिबार मिसाइल प्रहार गरेको खुलाएको छ ।
अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान पुगेर फर्किएलगत्तै चीनले मिसाइल प्रहार गरेको हो । उसले अमेरिकाले आगोमा खेल्न खोजेको भन्दै कडा जवाफ दिने चेतावनी दिएको थियो ।
चीनले ताइवानको क्षेत्रमा सैन्य अभ्यास गरेको छ । यसअघि ताइवानको समुन्द्र बाहिर मिसाइल प्रहार गरेपनि जमिनको क्षेत्रमा गरेको थिएन ।
चीनले ताइवानमाथि आक्रमण गर्ने संकेतहरु देखिएसँगै अमेरिकाले पनि सैन्य गतिविधि बढाएको छ । अमेरिकी नौसैनिक जहाज र विमानहरु ताइवानको समुन्द्री क्षेत्रमा दुई हप्ताभित्र पुग्ने भएका छन् । ह्वाइट हाउसले बिहिबार यसको घोषणा गरेको छ ।
अमेरिकी नौसैनिक जहाज यूएसएस रोनाल्ड रेगन ताइवानको समुन्द्री क्षेत्रमा पुग्ने भएको हो । जापानमा आधार बनाएर उक्त नौसैनिक जहाज राखिएको छ । एजेन्सी
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन