चिन र ताईवान बिच चुलिदै तनाव

273 Shares

ताइवानको विषयलाई लिएर चिन एकतर्फी रुपमा अगाडि बढदा दुबै देश बिच तनाव बढ्दै गएको छ ।

चीन र ताइवानबीच विवाद बढ्दै गएको छ । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट फर्केपछि चीन थप आक्रामक भएको छ । बिहीबार चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) ले ताइवान वरपरका ६ क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।

चीनले यस सैन्य अभ्यासलाई ‘लाइभ फायरिङ’ नाम दिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो सैन्य अभ्यास ताइवानको तटबाट मात्र १६ किलोमिटर पर भइरहेको छ । यसमा वास्तविक हतियार र गोलाबारुद प्रयोग भइरहेको छ। यो अभ्यास भदौ ७ गतेसम्म चल्नेछ । यसअघि चीनले ताइवानबाट करिब १०० किलोमिटर टाढा यस्तो अभ्यास गर्दथ्यो । तर न्यान्सीको भ्रमणपछि अहिले त्यो निकै नजिक आइसकेको छ ।

पीएलए इस्टर्न थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्नेल शी यीले भने–‘लामो दूरीका हतियारहरूको परीक्षण गरिनेछ। मिसाइल परिक्षण पनि हुनेछ ।’ अर्कोतर्फ, ताइपेईले भने कि उसले चीनको हरेक चालमा नजर राखिरहेको छ। ताइवानको रक्षा मन्त्रालयले भन्यो–‘हामी कुनै पनि प्रकारको तनाव चाहँदैनौं । देश यस्तो अवस्थाको विरुद्धमा छ, जसले विवाद निम्त्याउँछ । हामी युद्ध चाहँदैनौं तर युद्धको लागि तयार हुनेछौं।’
पश्चिमी प्रशान्त क्षेत्रको फिलिपिन्स सागरमा अमेरिकी नौसेनाको जहाज देखिएको छ । जहाँ यो जहाज देखियो त्यो ताइवानको दक्षिणपूर्वी क्षेत्र हो। युएसएस रोनाल्ड रेगन जहाजले त्यहाँ नियमित गस्ती गरिरहेको अमेरिकी नौसेनाले जनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।