रौतहट, १ भदौं । नियमविपरित सरकारी अस्पतालको अतिरिक्त भत्ता बुझेर राज्यलाई नोक्सानी पुर्याएको ठहर महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रौतहटको चन्द्रपुर स्थित सरकारी अस्पतालमा कार्यरत कर्मचारीहरु कोभिड – १९ को समयमा अतिरिक्त कामै नगरी सो वापत भत्ता बुझेको ठहर गर्दै महालेखा परीक्षकको प्रतिवेदनले फेला पारेर लिएको रकम फिर्ता गर्न सुझाव दिएको हो ।
चन्द्रपुर अस्पतालमा कार्यरत १९ जना चिकित्सक लगायतका स्वास्थ्यकर्मीले ओभर टाइम देखाएर खटेको भन्दै ३६ लाख ४५ हजार ८ सय ८३ रुपैयाँ अतिरिक्त भत्ता बझेका थिए । भत्ता लिएकाहरु मध्ये चिकित्सक जहुर राइन, देवशंकर पासवान र धर्मेन्द्र पटेलको करार म्याद सकिसकेको छ । उनीहरुले बुझेको अतिरिक्त भत्तासमेत फिर्ता गर्न महालेखाले निर्देशन दिएको छ ।
अतिरिक्त भत्ता लिने स्वास्थ्य कर्मचारीले दैनिक रुपमा बिहान, साँझ र रातिलाई ३ सिफ्ट अतिरिक्त समयमा काम गरेको भनी सिफ्टलाई दिनमा परिणत गरेर रकम बुझेका छन् । १ दिन बराबरको तलब भुक्तानी गर्न मिल्ने आधार तथा जनशक्ति कम भई अतिरिक्त समय काममा खटाएको आधार कागजात र कार्यमूल्याकन, विद्युतीय हाजिर पेस नभएको महालेखाले प्रमाण फेला पारेको छ ।
महालेखाले भनेको छ, “सिफ्टमा काम गर्ने चिकित्सक लगायतका स्वास्थ्यकर्मी कर्मचारीले कोभिड–१९ को जोखिम भत्ता ७५ दिनको ५० प्रतिशत बुझिसकेकाले अतिरिक्त समय भुक्तानी दिन नमिल्ने हुनाले असुल उपर गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।”
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन