काठमाडौं । बौद्ध दर्शनको प्रवर्धन एवं सम्बर्धन तथा गुम्बा व्यवस्थापन कार्यक्रम को हालै काठमाडौंमा आयोजना गरियो ।
काठमाडौ नगरपालिकाको स्वयम्भु स्थित होटल च्वाइसमा बौद्ध दर्शन तथा गुम्बा प्रवर्धन समितिद्धारा आयोजित २ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरियो ।
गुम्बाको वर्तमान व्यवस्था अनुसार र एक्काइसौं शताप्दीको समय र परिस्थिति अनुसार नियमितता दिनका निम्तिा यस कार्यक्रम आयोजना गरिएकोे हो । कार्यक्रममा ३७ वटा जिल्लका गुम्बाहरुका प्रतिनिधिहरुको सहभागिता थियो । दुई दिने कार्यक्रमलाई चार भागमा विभाजन गरी कार्यक्रम चलाइएको थियो ।
कार्यक्रमा समितिका अध्यक्ष फपु छेम्बे शेर्पा तेन्जिंग शेर्पाले सम्पूर्ण बौद्धमार्गीहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताए । कार्यक्रममा गुम्बालाई आर्थिक, भौतिक र नैतिक रुपमा विकास गर्ने नीति, नियम र उपायहको जानकारी गराइयो । कार्यक्रममा उपस्थित विभिन्न ३४ जिल्लाका प्रतिनिधिलाई कार्य सञ्चालनमा टेवा पुर्याउन १८ करोड बजेट सरकारले दिएको कुरा जानकारी गराइयो ।
बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकाश समितिका अध्यक्ष शेर्पाले नेपालभरि रहेका गुम्बाको अध्यावधिक गरी व्यवस्थापन गर्ने मूल उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले नेपालको जम्मभूमि भनि गर्व गर्न मात्र नभएर बुद्ध सम्बन्धि ज्ञान लिन सम्पूर्णमा आग्रह गरे । उनले बुद्धको किताब त्रिपिटकको अध्ययन गर्न सुझाव पनि दिए ।
समितिका कार्यकारी निर्देशक ओमबहादुर दोङ्गले विगत लामो समयदेखि बौद्ध धर्म, संस्कृति संग जोडिएका विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताए । कार्यक्रमका अर्का वक्ता इन्डिजिनियर्स टेलिभिजनका संचालक जगतमान दोङ्गले आफू जन्मजातै लामा भएर जन्मेको भएपनि लामाको निति, नियम र चाल ,चलन थाहा नभएकाले गुनासो गरे । उनले बौद्धिक समुदायले यसमा ध्यान नदिएकोले गुम्बा फस्टाउन नसकेको बताए ।
हेटौडा उपमहानगरपालिकाका पेम्बा ह्युसेन गुम्बाका अध्ययक्ष रुद्र बहादुरले कार्यक्रमले धेरै ज्ञान प्रदान गरेको बताए । उनले सरकारले दिने अनुदानको जानकारी लिन पाउँदा खुशी व्यक्त गरे । उनले कानुनी रुपमा ज्ञान नपाउँदा दुख पाएको अनुभव साटे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन