काठमाडौं । काठमाडौंबाट साउन १७ गते काठमाडौंबाट कुन्मिङका लागि उडेको हिमालय एयरलायन्समा सबार १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चिनियाँ सरकारले हिमालय एयरलायन्सको उडानलाई रोक लगाएको छ ।
काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएका छन् ।
यति एयरलायन्स सँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिना अघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौं–कुन्मिङ उडान अनुमति दिएको थियो । चीनले ‘कोभिड शून्य’ को नीति लिएकाले विमानस्थलमै हरेक यात्रुको पीसीआर परीक्षण गर्दै आएको छ ।
एउटा उडानमा १० जना भन्दा बढी यात्रुमा कोरोना देखिएपछि उसले कारबाही स्वरूप थप उडान माथि रोक लगाएको छ । चीनले विमानस्थलमा हुने परीक्षणमा कोरोना देखिएमा बिरामीले १४ दिन निजी खर्चमै क्वारेन्टाइन र १६ दिन घर वा तोकिएको स्थानमा बस्नुपर्ने नियम बनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन