लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नागरिकता विधेयक फिर्ताका कारण जटिलता थपिएको जनाएको छ ।
लोसपाले जारी गरिएको प्रेस विज्ञप्तिमा नागरिकता विधेयक फिर्ताका कारण थप जटिलता थपिएको जनाएको हो ।
‘नागरिकताको अभावमा लाखौँ नेपाली नागरिक राज्य विहिनताको अवस्थामा रहेको, उच्च शिक्षा हासिल गर्नेदेखि रोजीरोटीको समस्या, नोकरी, व्यापार–व्यवसायको समस्या, विदेश भ्रमण, वैदेशिक रोजगार, मतदान लगायतका दैनिक समस्या समेतबाट दिनानुदिन सामना गर्नु परिरहेको अवस्थामा नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता गरिएकोमा झन बढी जटिलता थपिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष महन्थ ठाकुरद्वारा विज्ञप्तिमा विधेयक फिर्ता हुँदा मधेस लगायत देशका विभिन्न भागमा रहेका नागरिकमा चिन्ता र निराशा बढेको उल्लेख गरेका छन् । ‘नागरिकता समस्याको सम्बोधन समयमा भएन भने मुलुकमा असन्तुष्टिहरु बढेर जाने त्यसबाट विभिन्न समस्याहरु उत्पन्न हुने परिस्थितिबाट इन्कार गर्न सकिदैन,’ उनले भनेका छन् ।
लोसपाले नागरिकता विधेयक अविलम्ब पारित गर्न पनि सरकारसँग माग गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन