पकिस्तानमा उत्पन्न राजनीतिक अस्थिरताको कारण चिनियाँ परियोजना प्रभावित

397 Shares

इस्लामावाद। चिनियाँ अति महत्वाकांक्षी परियोजना अन्तर्गतका योजनाहरु प्रभावित हुने सम्भावना बढेर गएको देखिन्छ ।
पाकिस्तानमा चलिरहेको आर्थिक सङ्कट र राजनीतिक अस्थिरताले चिनियाँ लगानीको भावनालाई असर गरिरहेकोले अनिश्चितताको बीचमा ग्वादर परियोजनाहरूमा एक मात्र लगानीकर्ता चीन लगानी गर्न हिचकिचाएको छ।

पाकिस्तानको अर्थतन्त्रमा चौतर्फी गिरावट र राजनीतिक अनिश्चितताको चपेटामा परेका सबै लगानी योजना अलपत्र परेका छन्। अमेरिकामा आधारित प्रकाशन फाइनान्सियल पोष्टले पाकिस्तानको भविष्य चाँडै थप अन्यौलतातर्फ धकेलिने रिपोर्ट गरेको छ। 

यसबाहेक, चिनियाँ लगानीकर्ताहरूले अब द्रुत रूपमा अवमूल्यन भइरहेको पाकिस्तानी मुद्रा रुपैयाँ (पीकेआर) को कारणले गर्दा स्थानीय मुद्रामा पैसा रूपान्तरण नगरी ग्वादर फ्री जोनको आफ्नो बैङ्क खाताहरू कायम राख्न खोजेका छन्। पीकेआरको अवमूल्यन चिनियाँ लगानीलाई रोक्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो। आईएमएफको अर्को किस्ताको ऋणको प्राप्ति पछि पीकेआरको मूल्यमा रिकभरी अल्पकालीन भएको फाइनान्सियल पोस्टले भन्यो।
पाकिस्तानी मुद्रा अन्तर-बैङ्क बजारमा अमेरिकी डलरको तुलनामा २१५ मा झरेको छ। राजनीतिक अनिश्चितता जारी राख्नुका साथै आर्थिक सूचकहरू डुब्नका कारण महत्त्वपूर्ण घाटा पनि व्यहोरिरहेको छ। पीकेआर मूल्यमा गिरावट मुख्यतया डलरको लागि निरन्तर उच्च माग र स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) को लगातार घट्दै गएको विदेशी मुद्रा सञ्चितको कारण हो।

ग्वादर परियोजनाहरूले पनि अन्य बाधाहरूको सामना गरिरहेको छ र दैनिक नयाँ मुद्दाहरूमा फसिरहेका छन्। जसमा यसको छोटो अवधिको रणनीति अन्तर्गत पानी र बिजुलीको अभाव पनि समावेश छ। यी अभावहरूले अहिलेसम्म आयोजनाको कार्यान्वयन र विकासलाई सुस्त बनाएको छ।

यसबाहेक, चिनियाँ कम्पनीहरूले आरएमबी खाताहरू राख्ने निर्णयले ग्वादरका धेरै परियोजनाहरूलाई असर गर्नेछ। ग्वादर परियोजना पनि निहित खराब प्रशासनिक गुणहरूबाट ग्रस्त छ। पाकिस्तानी अधिकारीहरूले अन-ग्रिड र अफ-ग्रिड सौर्य समाधानहरू उपलब्ध गराउन मोडालिटीहरू अन्तिम रूप दिन धेरै समय लिइरहेका छन्। 

ग्वादरमा पाइपबाट पिउने पानीको व्यवस्था सम्भव नभएको ठाउँमा सानो आकारको डिसेलिनेशन प्लान्टहरू स्थापना गर्ने कामलाई पनि अलपत्र पारिएको छ। ढिलाइ हुनुको प्रमुख कारण स्थानीय सरकारले आयोजनाका लागि ग्रिड स्टेसन नजिकको जग्गा पहिचान गर्न नसक्दा विद्युत् निकासीलाई सहजीकरण गर्न नसक्नु भएको बताइएको छ। 

फाइनान्सियल पोष्टले चिनियाँ सरकारबाट अनुदान र सफ्ट लोनको रूपमा रकम उपलब्ध भए पनि ग्वादर बन्दरगाहमा ब्रेकवाटरको निर्माणमा पाकिस्तानको प्रशासनिक बाधा अवरोध साबित भइरहेको छ। लगानीकर्ता र परियोजना कार्यान्वयन गर्नेहरूका लागि सुरक्षित वातावरण बनाउन पनि पाकिस्तान असफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।