यितेन्द्र शर्मा
भारतले चीन र पाकिस्तानलाई प्रत्यक्ष रुपमा लक्षित गर्दै भनेको छ कि आतंकवादको सबालमा दोहोरो मापदण्ड कसैको पनि हितमा हुन सक्दैन । यथास्थितमा परिवर्तन ल्याउने उद्देश्यले गरिने कुनै पनि बलपूर्वक अथवा एकपक्षीय कारवाही साझा सुरक्षा सिद्धान्तको उल्लंघन हुनेछ ।
संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले सबै देश देशले एक अर्काको संप्रभुता, क्षेत्रीय अखण्डता र अन्तराष्ट्रिय सम्झौताहरुको सम्मान गर्नु पर्ने बताए ।
संयुक्त राष्ट्र सुरक्षा परिषदको “संवाद र सहयोग मार्फत साझा सुरक्षालाई बढावा दिनु पर्ने” विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले भनेकी संयुक्त सुरक्षा त्यतिबेला मात्रै सम्भव छ, जब सबै देश आतंकवाद जस्तो साझा खतराको विरुद्धमा एकै साथ उभिनेछन् र दोहोरो मापदण्ड अपनाउने छैनन । अगस्त सम्मको निम्ति चीन नै सुरक्षा परिषदको अध्यक्ष छ र उसले यस गोष्ठीको आयोजन पनि गरेको थियो । पाकिस्तानमा शरण लिएका आतंकवादीहरु प्रति चीनले अपेक्षाकृत नरमी देखाउने गरेका कार्यको पनि भारतले आलोचना गरेको छ ।
पटक पटक भारत र अमेरिकाले प्रतिबन्धित पाकिस्तानी आतंककारीहरु माथि कारवाहीको माग गर्दा चीनले प्रस्तावको विरोध गर्दै आएको छ । हालै चीनले पाकिस्तानी आतंककारी संगठन जैश–ए–मोहमदका प्रमुख मसुद अजहरका भाई अब्दुल रउफ अजहरलाई प्रतिबन्धित गर्न भारतले प्रस्ताव ल्याउँदा चीनले त्यस माथि रोक लगाएको थियो । भारतीय कुटनीतिज्ञले यो पनि भनेका छन कि साझा सुरक्षा त्यतिबेला मात्रै संभव छ जब सबै देश एक अर्काको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नेछ, जस्तो कि उनी अर्कोवाट सहयोगको अपेक्षा राखेका हुन्छन् । साझा सुरक्षा त्यतिबेला मात्रै सम्भव छ, जब देशहरु दुईपक्षीय अथवा बहुपक्षीय सम्झौताको सम्मान गर्नेछन् र एकपक्षीय रुपमा कुनै पाईला थाल्ने छैनन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन