गोडैता (सर्लाही), १० भदौं । सर्लाहीको गाडैता बजारमा रहेका आईएमईबाट हतियार देखाएर अपरीचित नकावधारी व्यक्तिले शुक्रवार विहान साढे नौ लाख रकम लुटपाट गरेको छ ।
गोडैता नगरपालिका वडा नम्वर ८ स्थित गोडैता बजारमा लालिगुराँस बहुउद्देश्यीय कृषि सहकारीले संचालन गरेको आईएमईबाट शुक्रवार विहान १० बजे खुल्ना साथ दुई वटा भारतीय नम्वर प्लेटको मोटरसाइकलमा आएका चार जना अपरीचित नकावधारी व्यक्तिले ९ लाख ५० हजार रकम लुटर भाग्न सफल भएको हो ।
आइएमइ खुल्ना साथ मुखमा नकाव लगाएर आएका अज्ञात व्यक्तिले हतियार देखाएर नौ लाख ५० हजार रुपियाँ लुटेर लगेको छ । उक्त लुटपाट कर्मचारीकै संलग्नतामा भएको आशंका गरिएका छन् ।
आइएमईबाट अज्ञात व्यक्तिको समुहले रकम लुटपाट गरेको खवर पाउना साथ जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजय यादव नेतृत्वको प्रहरी टोली ति समुहको खोजतलास तथा घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन् ।
हतियारधारीले आइएमइका कर्मचारी र दुई जना सेवाग्राहीको मोवाइल समेत लुटेर लगेको बुझिएको छ । प्रहरीले आइएमईमा कार्यरत कर्मचारी संग सोधपुछ जारी राखेको छ र सोही आधारमा लुटपाट गर्ने व्यक्ति समक्ष करिव करिव पुगिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण पोखरेलले जानकारी दिए । आइएमईकै कर्मचारीको मिलोमतोमा लुटपाट भएको आशंका व्यक्त गर्दै लुटपाटमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान कार्यलाई तिव्र बनाएको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन