628
Shares
नयाँ दिल्ली । भारतीय सेनामा रहेका गोर्खा रेजिमेन्टमा नेपालीहरुको भर्ती कार्य जारी रहने जनाइएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बिहीबार भारतीय सेनाद्धारा भर्खरै सुरु गरिएको अग्निपथ भर्ती योजना अन्तर्गत नेपालबाट गोर्खा सैनिक भर्ती गर्ने कार्यलाई निरन्तरता दिने बताएको हो ।
“हामीले लामो समयदेखि गोर्खा सिपाहीहरू भर्ती गर्दै आएका छौँ र यसलाई निरन्तरता दिन तत्पर छौं,” प्रवक्ता बागचीले भने । नेपालले पुरानो अभ्यासलाई लिएर आशंका गरिरहँदा यस्तो टिप्पणी आएको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन