जिल्ला निर्वाचन कार्यालयको अन्तरक्रिया कार्यक्रम

524 Shares

रौतहट, १० भदौं । “स्वतन्त्र, स्वच्छ, निष्पक्ष निर्वाचन ः राष्ट्रको गौरव” भने मुल मन्त्रका साथ निर्वाचन आयोगद्धारा आउदो मंसिर ४ गते हुने आम निर्वाचनलाई सफल बनाउने विभिन्न कार्यक्रमहरु अघि सारेका छन् ।
सोही अभियान अन्तर्गत जिल्ला निर्वाचन कार्यालय रौतहटद्धारा शुक्रवार जिल्ला समन्वय समितिको सभाकक्षमा मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम २०७९ सम्बन्धी सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हुन् ।
सो अन्तरक्रिया कार्यक्रममा जिल्ला विभिन्न पालिकाको प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका पदाधिकारीहरु, संचारकर्मीहरुको साथै विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय गौर रौतहटले जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरु उठाएका जिज्ञासाको जवाफ दिदै जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले मतदान केन्द्रहरुको विषयमा उठेका सवालहरुलाई समाधन गर्न बनाइएको समितिले स्थलगत रुपमा निरीक्षण गरेर आएको प्रतिवेदनलाई जिल्ला स्तरिय समितिबाट निर्णय गरेर थपघट गर्नका लागि आयोगमा सिफारिस साथ पठाइएको बताए ।
आयोगको नीति निर्णय मतदाताहरुको हितलाई सर्वोपरी राखेर हुने भएको हुँदा आयोग प्रति सबैको विश्वास एवं सहकार्यको भावना हुनु जरुरी भएको स्पष्ट पारे ।
जिल्ला समन्वय समितिको सभापतिको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा मौलापुरको नगरप्रमुख रिनाकुमारी साह, माधवनारायणको नगरप्रमुख, जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगर, सशस्त्र प्रहरीका डिएसपी, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज विनयकुमार झाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।