रौतहट, ११ भदौं । नेपाल बुद्धिजीवि परिषदद्धारा रौतहटको चन्द्रपुरमा आउदो मंसिर ४ गते हुने आम निर्वाचनमा नेपाल बुद्धिजीवि परिषदको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
नेकपा एमाले संग आबद्ध रहेका नेपाल बुद्धिजीवि परिषदले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मौलापुरको मेयर रिनाकुमारी साह, गरुडा नगरपालिकाको मेयर कन्थमणी प्रसाद कलवार, पूर्व मेयर एवं एमालेका युवा नेता अजयकुमार गुप्ता, नेता राजेश चौधरी, जैद राजा, पूर्व प्रधानाध्यापक शिवचन्द्र साह लगायतका विभिन्न क्षेत्रबाट उपस्थित भएका व्यक्तिहरुले मंसिर ४ मा हुने आम निर्वाचनमा अहिलेको वर्तमान अवस्थाबाट मुक्ति दिलाउन नेकपा एमालेको पक्षमा मदतान गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको मन्तव्य राखेका थिए ।
नेपाल बुद्धिजीवि परिषदका जिल्ला अध्यक्ष अनिलकुमार झाको सभापतित्वमा उक्त कार्यक्रममा उल्लेख संख्यामा विभिन्न क्षेत्रका व्यक्तिहरुले आ आफना मन्तव्य राखेको थियो ।




बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन