इस्लामाबाद । पाकिस्तानको स्वतन्त्रता दिवसलाई विपक्षी दलहरुले चरम असन्तुष्टि प्रकट गर्दै उक्त दिनलाई कालो दिवशको रुपमा मनाएको समाचारहरु बाहिरिएका छन् ।
पाकिस्तानको 76 औं स्वतन्त्रता दिवसलाई जनता, राजनीतिक कार्यकर्ता र विपक्षी दलहरूले सरकारप्रति असन्तुष्टि देखाएपछि ‘कालो दिन’ को रूपमा मनाइयो।उत्तर र दक्षिण वजिरिस्तानमा लामो समयदेखि मानिसहरु आतंकवादको चपेटामा परेका छन् । तालिबान र इस्लामिक स्टेट जस्ता डरलाग्दो आतंककारी संगठनहरूको उपस्थितिले उनीहरूको जीवन कष्टकर बनाएको छ र पाकिस्तानी सुरक्षा एजेन्सीहरू उनीहरूलाई सुरक्षा प्रदान गर्न असफल भएका छन्।
विपक्षी दलहरुले देशैभर सरकार विरोधी प्रदर्शन जारी राखेका छन् । पूर्व प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको पाकिस्तान तहरीक-ए-इन्साफले “हकीकी आजादी” शोको लागि लाहोर हक्की स्टेडियममा ठूलो शक्ति प्रदर्शन गर्यो। अर्कोतर्फ, तहरीक-ए-लब्बैक पाकिस्तान (टीएलपी) ले लियाकत बागदेखि फैजाबाद रावलपिंडीसम्म “नजरिया पाकिस्तान सम्मेलन र रेली” को नाममा र्याली निकालेको छ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन