358
Shares
दुवई, १२ भदौं । चिरपरिचित प्रतिद्धन्दी भारत पाकिस्ता झण्डै एघार महिना पछि एशिया कपमा सोमवार भिड्दैछन् ।
समूह ए अन्तर्गत हुने खेल आज साँझ ७.४५ बजेको समयमा दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा चिरपरिचित प्रतिद्धन्दी भारत पाकिस्तानको भिडन्त क्रिकेटलाई अझ रोमाञ्चित बनाउने छन् ।
यसअघि दुई टोली यही मैदानमा २४ अक्टोबर, २०२१ को टी–२० विश्वकपमा आमने सामने भएका थिए । उक्त खेलमा पाकिस्तान १० विकेटले विजयी भएको थियो । यद्यपि एसिया कपमा सन् २०१४ पछि पाकिस्तानले भारतलाई हराउन सकेको छैन ।
एसिया कपका १४ खेलमा भारतले ८ मा जीत हासिल गरेको छ भने पाकिस्तानले ५ खेलमा जीत हासिल गरेको छ । भारतले सात पटक यो प्रतियोगिता जितेको छ भने ३ पटक उपविजेता रहेको छ । पाकिस्तानले यो उपाधि २ पटक जितेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन