रौतहट, १३ भदौं । स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजना अन्तर्गत एक दिने जिल्ला स्तरीय परियोजना शुभारम्भ बैठकको आयोजना गरिएको छ ।
वन हर्टद्वारा जिल्ला सदरमुकाम गौर स्थित जिल्ला समन्वय समितिको कार्यकक्षमा आयोजित उक्त एकदिने शुभारम्भ बैठक सोमबार आयोजना गरिएको हो ।
शुभारम्भ बैठकबारे कार्यक्रम वारे प्रकाश पार्दै वन हर्टका प्रतिनिधि निलेशकुमार परवानाले सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई कसरी सुदृढीकरण बनाउने हो त्यसलाई मुख्य रुपमा फोकस गरेर यसपाली देखि रौतहट जिल्लाको १८ वटै पालिकामा कार्यक्रम लागू गरिएको बताए ।
नवजात शिशुको मृत्यु दरलाई न्यून गर्न, खोप व्यवस्थापनको लागि बर्थिंग सेन्टरलाई व्यवस्थित बनाउने वा मर्मत संभार गर्ने तथा नयाँ बनाउने सम्बन्ध स्थानीय सरकारको सहकार्यमा सबै कार्यक्रम नेपाल सरकारको स्वास्थ्य मन्त्रालयबाट निर्धारण गरेको मापदण्ड अनुसार नै हुने प्रतिनिधि परवानाले स्पष्ट पारे । वन हर्टका कार्यकारी निर्देशक सुर्य भट्टले मन्त्रालयको समन्वयमा रौतहट जिल्लामा वा हर्ट आएको स्पष्ट पार्दै गर्भवती महिलालाई नियमित स्वास्थ्य परिक्षण, गर्भवती महिलालाई सुरक्षित रुपमा सुत्केरी गराउने, जन्मेका नवजात शिशु र महिलाको दिर्घकालिन रुपमा स्वास्थ्यलाई सुदृढीकरण गर्नका निमित्त यो प्रोजेक्ट रौतहटमा आएकोमा सबैले आ आफ्नो क्षेत्रमा रहेर कार्यक्रमलाई सफल बनाएर रौतहटको स्वास्थ्य अवस्थालाई सुधार्न सकिने बताए ।

त्यस परियोजनामा अनुसन्धान र विकासका निम्ति अभियान नेपालका कार्यक्रम संयोजक सत्रुधन सिंहले अभियान नेपाल संस्थाको परिचय दिदै जिल्लाको ९ वटा पालिकामा वन हर्टको साझेदार संस्थाको रुपमा काम गरिरहेको बताए ।
यस्तै माण्डवीका अंजु झाले मानवको हितमा हुने खालका कार्यक्रम माण्डवीले संचालन गर्दै आएको बताए । २ गाउँ पालिका सहित ९ वटा पालिकामा माण्डवी वन हर्टको साझेदार पाटनरको रुपमा काम गरिरहेको उनले प्रष्ट पारे ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयको निर्देशक मुक्तिनारायण साह, विभिन्न सरकारी लाईन एजेन्सीका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
शुभारम्भ बैठकमा प्रादेशिक अस्पताल गौरका मेसु कृष्णा साह, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा, विभित्र संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरुले रौतहटको स्वास्थ्य सेवा आफै विरामी रहदा कसरी सुधार गर्नुपर्नेमा जोड दिए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन