रौतहट, १३ भदौं । तस्करीको माध्यमबाट सीमापारी भारत तर्फ लगिदै गरेको अवस्थामा २०४ किलोग्राम लागुऔषध गाँजा रौतहट प्रहरीले गौर नगरपालिकाबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटलाई प्राप्त भएको विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महादेवपटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएका गस्ती टोलीले गौर नगरपालिका वडा नम्वर २ लाल बकैया नदीको बगर भएर सीमापारी भारत तर्फ लैजान लागिएको अवस्थामा लैजादै गरेको अवस्थामा गस्ती टोलीले घेरा हाल्न खोज्दा लागु औषधको १७ वटा पोका फालेर भारत तर्फ भागे थिए ।
सोमवार दिउसो १२.५५ बजेको समयमा बरामद गरिएको १७ वटा पोका भित्र २०४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।
भारत तर्फ गाँजा तस्करी गर्ने समुह विच आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको तथा गौर सम्म लागु औषध गाँजा ल्याउने व्यक्तिहरुको चाँडै पहिचान गरेर कानुनी कठघेरामा ल्याइसक्ने दाबी प्रवक्ता मल्लले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन