काठमाडौं, १३ भदौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीले तीजलाई लक्षित गर्दै सोमवार दर खाने दिनमा दरो अफर सार्वजनिक गरेको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडद्धारा जारी गरिएको विज्ञप्तीमा विगत २० बर्ष देखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे लगायतको विभिन्न सुविधा दिदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले तीजलाई लक्षित गरेर दर खाने दिनमा दरो अफर आजको लागि मात्रै सार्वजनिक गरिएको हो ।
दरो अफर अन्तर्गत स्मार्ट क्यूआर मार्फत जुनसुकै मर्चेन्टलाई मुक्तानी गर्दा १० प्रतिशत (१००) सम्म तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससिटी–युपीआई डेबिट कार्डको प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गरेमो पनि १० प्रतिशत अर्थात १ सय सम्म क्यासब्याक प्राप्त गर्न सक्ने बताइएको छ ।
यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन सम्म मात्रै लागु रहने छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन