सप्तरी, १३ भदौं । हिन्दु महिलाहरुको पवित्र पर्व तीजको अवसरमा सप्तरी जिल्लाको सदरमुकाम राजविराज स्थित कारागार भित्र रहेका महिला कैदीबन्दीहरुलाई सोमवार सामुहिक रुपमा दर खुवाएर अधिकारकर्मीहरुले तीज पर्व मनाएका छन् ।
तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरु संगै कारागारका महिला कैदीबन्दीहरु सामुहिक रुपमा दर खाएर तीज मनाएका हुन् । विगतको बर्ष झै कारागार पुगेको तीज महोत्सवमूल समारोह समितिका पदाधिकारीहरूले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिका लगायतको श्रृंगारका सामानहरु दिएर तीजको खुशी साटासाट गरेको कारगार प्रमुख किशोर रामले जानकारी दिए ।
तीज महोत्सव मूल समारोह समितिले मंगलवार राजविराजमा मौलिक गित, नृत्य सहितको प्रतियोगितात्मक तीज महोत्सव आयोजना गरिने छ । १५५ क्षमता भएको कारागारमा १६ महिला, १ बालक र ३७१ जना पुरुष कैदीबन्दीहरु रहेका छन् । तीज मनाउन पाएकोमा महिलाहरु एकआपसमा खुशी साटासाट गरेर आत्मबललाई बढाएको एकल महिला समूहकी प्रदेश अध्यक्ष अनिता देवकोटाले बताइन ।
सो कार्यक्रममा महिला अधिकार रक्षक संजालकी गिता पाण्डे, पत्रकार पुनम पोखरेल, महिला शिक्षक रत्ना गरुंग, मेची महाकाली बुहारी संयुक्त आवाजकी मिरा गरुंग, समाजिक कार्यकर्ता उमेश यादव लगायतका सहमागितामा महिलाकैदीबन्दीलाई मिठाई खुवाएको तथा उक्त मिठाई सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालु अग्रवाले प्रबन्ध गरेको थियो ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन