रौतहट, १४ भदौं । ब्राण्डेड चालमको बोरामा कमसल एवं लोकल चामल प्याकिंग गरिरहेको अवस्थामा गौर स्थित एक जना व्यवसायीको पसलमा नेपाल प्रहरीले छापा मारेर ठूलो परिमाणमा चामल नियन्त्रणमा लिएको छ ।
गौर नगरपालिका वडा नम्वर १ रामजानकी धर्मशाला नजिक चामल पसल संचालन गरेका भारत विहार सीतामढी जिल्ला बैरगनिया घर भएका ४४ बर्षिय राजेन्द्र प्रसाद गुप्ताले भारतीय ब्राण्डेड बोरामा लोकल कमसल चाम प्याकिंग गरिरहेको खवर पाउना साथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलीले रंगे हात व्यापारीलाई समातेर नियन्त्रणमा लिएको हो ।
लोकल कमसल चामल–५० बोरा खुल्ला, २९२ बोरा प्याकिन्ङ, १२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन–१ थान फेला पारी उक्त खाद्यान्य समाग्री सोहि स्थानमा सिलबन्दी गरी निज राजेन्द्र प्रसाद गुप्तालाई आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।
नियन्त्रणमा लिइएका गुप्तालाई जिल्ला प्रशासन कार्यालय गौरमा कालो बजार मुद्दा शिर्षक अन्तर्गत म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको उनले भने ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन