नेपाल भारत विचको सम्बन्ध माथि ग्रहण लगाउन सक्रिय छन् अन्तरराष्ट्रिय शक्तिहरु

215 Shares

वीरगंज । नेपाल भारतको दक्षिणी सिमा खुला रहेको कारण केही अतिबादीहरुले नेपाल भारत विचको शान्ति र एकता सहन गर्न नसकेको तथा एतिहासिक सम्बन्ध माथि ग्रहण लगाउने कार्यमा हरदम सक्रिय रहेको एक कार्यक्रममा उपस्थित वक्ताहरुले बताए ।
नेपाल–भारत खुला सीमा संवाद समूह नेपालका राष्ट्रीय अध्यक्ष राजीव झाले नेपाल र भारत दुइ छिमेकी बिचको प्रचीन एंव ऐतिहासिक सम्बन्ध माथि पाकिस्तान र चीनको गलत नजर रहेको बताएका छन् ।

वीरगन्जको सीमावर्ती सहर रक्सौलमा दुवै देशका प्रबुद्ध व्याक्तित्वहरुको सहभागीतामा आयोजित गोष्ठीमा बोल्दै झाले चीन र पाकिस्तानले नेपाल भारत बिचको सम्बन्ध बिगार्ने चलखेल गरिरहेको आरोप लगाउदै त्यस प्रति सजग रहनु पर्नेमा जोड दिए । उनले दुइ देशको सम्बन्ध बिगारेर सीमामा तार बार लगाउने परिस्थितीको सृजना गर्ने षडयन्त्र पनि चीन र पाकिस्तानले गरिएको आरोप लगाए ।

उनले दुवै देशका सीमा क्षेत्रमा रहेका जनताको समस्या अध्ययनका लागि एउटा उच्चस्तरी समिति गठन गर्न माग पनि गरे । सीमान्चल क्षेत्रका जनस्तर बिचको सम्बन्धलाइ अझ मजबुत र सुमधुर बनाउनका लागि समय समयमा बैठक गर्नु पर्ने आवश्यकता रहेको पनि उनले बताए ।

गोष्ठीमा सहभागी नेपालको गृह मन्त्रालयका पूर्व सँयुक्त सचिव कुशेश्वर झाले सीमा क्षेत्रमा बस्नदे दुवै देशका नागरिक बिना बर्दीको सिपाही भएकाले उनिहरुको कुरा काठमाण्डौ र दिल्लीमा बसेकाहरुले सुन्नु पर्ने बताए । त्यहि अनुसार दुवै देशले नीति र योजना बनाउनु पर्ने उनको भनाइ थियो ।

सीमा जागरण मंचका स्टेट कोर्डिनेटर महेश अग्रवालले यूरोपियन यूनियनका मुलुकहरुमा भएको जस्तै भारत र नेपालमा एकै खालको मुद्रा र पासपोर्टको व्यवस्था लागु गर्नु पर्ने बताए ।मीडिया फर बोर्डर हार्मोनीका केन्द्रिय अध्यक्ष प्राध्यापक उमा शंकर प्रसाद र सचिव दीपक कुमारले सीमा क्षेत्रको सर्वांगीण विकासका लागि स्थलगत अध्ययन गरि विशेष नीति बनाउनु पर्नेमा जोड दिए ।

रक्सौल चेम्बर अफ कमर्स एण्ड इंडस्ट्रीजका अध्यक्ष अरुण कुमार गुप्ताले सीमा क्षेत्रमा भौतिक पुर्वाधारको कमीका साथै सहज सन्चार र यातायातको आभाव रहेको बताए । ठाँउ ठाँउमा हुने गरेको सुरक्षा चेकजांचको निहुमा वीरगन्ज–रक्सौल जाउजाउ गर्नेहरुलाइ अनाहकमा प्रतााडित गरिदै आएको पनि उनले बताए ।
स्वच्छ रक्सौल संस्थाका सचिव डाक्टर मुराद आलमले सीमा क्षेत्रमा लागु औषधको कारोबार फस्टाएकाले युवा पिढी बर्बाद भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।