प्रकाण्ड चीनमा के गर्दैछ ?

197 Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादर विश्वकर्मा (प्रकाण्ड) चीन भ्रमणमा गएर आखिर के गर्दैछ कसैलाई जानकारी छ भने अहिले नेपाली राजनीतिक वृतमा प्रश्न उठेको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन ।
गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्तालाई हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको थियो । त्यस लगत्तै विश्वकर्मा चिनियाँ कम्युनिस्ट पार्टीका नेतालाई भेट छेन्दु पुग्नुलाई अर्थपूर्ण रुपमा लिएको छ ।
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव हुन लागेकोले वाम सहकार्यका निम्ती समेत पुगेको हुन सक्ने आकलन गरिएको छ । तर, पार्टी केन्द्रीय सदस्य चिरन पुनले प्रवक्ता चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा गएपनि कुन कुन विषयमा छलफल गर्ने भन्ने विषयमा जानकारी नभएको बताए ।
प्रवक्ता कमरेड चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जानु भएको छ । उहाँ राजनीतिक भेटघाटमै हुनुहुन्छ’ पुनले भने, ‘उहाँ कहिले फर्किनुहुन्छ भन्ने विषयमा यकिन जानकारी छैन । मलाई लाग्छ छिट्टै फर्किनुहुन्छ होला ।’ विप्लव नेतृत्वको नेकपाका प्रवक्ता पूर्व सांसद र मन्त्री समेत भइसकेकाले वाम सहकार्यका विषयमा अर्थपूर्ण भेटघाट हुन सक्ने बताइएको छ । तर कतिपय माओवादी खेमाका नेताहरुले विप्लव नेतृत्वको नेकपा नेताहरुको चीनसँग सम्बन्ध राम्रो नभएकाले सम्बन्ध विस्तारका लागि मात्रै गएको हुन सक्ने आकलन गरेका छन् ।९एजेन्सी०

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।