मुलुकलाई निकास दिन आवश्यक्ता परेको खण्डमा काँग्रेस तयार रहेको ः सभापति देउवा

606 Shares

तराई टप संवाददाता
रौतहट, १९ फागुन । नेपाली काग्रेसको सभापति शेर बहादुर देउवाले असहज अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आवश्यक्ता परेको खण्डमा नेपाली काँग्रेसले निकास दिन तयार रहेको बताउनु भएको छ ।
रौतहटको गढीमाई नगरपालिका ६ धरमपुर सिंगारवन गाउँमा विष्णु पुराण महायज्ञको बुधवार उदघाटन गर्दै अध्यक्ष देउवाले दुई तिहाई जनताको मत पाएर पनि सत्ता संचालन गर्न नसकी संघिय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था माथि ग्रहण लगाउन कुनै कसर बाँकी नराखिएको अवस्थामा मुुलुकलाई नेपाली काँग्रेसको अवश्यक्ता पर्यो भने निकास दिन तयार रहेको स्पष्ट पार्नु भएको हो ।


सत्ता संचालन कसरी गर्ने वारे नेकपा भित्रको आन्तिरिक विवादको कारण सिंगो मुलुकलाई नै अनिर्णयको वन्दि बनाउने, आपसी गुटवाजी गरी पार्टी विभाजन तर्फ जाने जस्ता कार्यबाट नेपाली जनताहरु आजिज भएको परिवेशमा यो व्यवस्था जोगाउन हाम्रो आवश्यक्ता परेको खण्डमा सवै कुरा माथि विचार गरेर नेपाली काँग्रेस सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।


सनातन हिन्दु धर्म सहित सम्पूर्ण धर्म मान्ने समुदायको रक्षार्थ नेपाली काँग्रेस लागि परेको हुँदा नेपाललाई शान्ति एवं अहिंसाको मुलुक बनाउने तर्फ आफनो भुमिका सधै सकारात्मक रहने जिकिर गर्दै सभापति देउवाले विगतको विभिन्न झुठा मुद्दाहरुमा नेकाको युवा नेता महोम्मद आफताव आलमलाई फसाइएको हुँदा अहिले उक्त मुद्दा अदालतमा रहेकोमा प्रक्रियागत रुपमा उहाँ माथि लागेको मुद्दालाई उचित सम्बोधन गराई कारागारबाट मुक्त गराउने प्रतिवद्धता समेत उनले जनाए ।
पुर्व गृह राज्य मन्त्री तथा नेपाली काँग्रेस मकवानपुरको अध्यक्ष इन्द्र वानियाले धरमपुरबाट धर्मको यात्रा सुरु भयो, सनातन हिन्दु धर्म सहित सवै धर्म मान्नेहरुको धार्मिक स्वतन्त्रताको पक्षमा उचित सम्मान गर्दै नेपाली काँग्रेस नेपाली जनताको पक्षमा मुलुकको निकास दिन तयार रहेको बताए ।
जुनसुकै परिस्थितिमा अन्यौल अवस्थामा पनि चुनौतीलाई व्यवस्थापन गर्दै मुलुकलाई निकास दिन, जनताको विकास समृद्धि यात्रा सम्म शान्ति र प्रक्रिया सहित निर्वाचन गराउने यात्रामा काँग्रेसले जुन आज सम्मको एतिहासिक र हाल सम्मको जिम्मेवारी पुरा गरेको छ, अव थप जिम्मेवारी सहित मुलुक बहुमत र दुई तिहाईको हाराहारीको पुगेको हुँदा नेकपाबाट जुनसुकै अवस्था एवं अप्ठ्यारो सृजना भएको जनताहरु आश, त्रासको दृष्टिकोर्ण नेपाली काँग्रेस माथि लगाएको हुँदा जनताहरुको आश माथि काँग्रेस खरो उत्रिने संकेत दिए ।


नेपाली काँग्रेसको युवा नेता एवं रौतहट क्षेत्र नम्वर ४ का साँसद देवप्रसाद तिमलसिनाले नेपाली काँग्रेसको सभापति देउवालाई भावी प्रधानमन्त्री भनेर सम्बोधन गर्दै काँग्रेस सनातन हिन्दु धर्म सहित सवै धर्मावलम्वीहरुको पक्षमा रहेको तथा मुलुकमा जहिले जहिले संकट पर्दा काँग्रेसले अघि सरेर निकास दिएको चर्चा गरे । झुठा मुद्दामा फसाएर नेता तथा पुर्व मन्त्री अफताव आलमलाई फसाएको हुँदा शिघ्र पार्टीको हाईकमानबाट पहल गरेर छुटाउने प्रयास गर्नुपर्ने समेत सभापति देउवाको उनले ध्यानाकर्षण गराए ।
नेपाली काँगे्रस रौतहटको सभापति कृष्णप्रसाद यादवले प्रजातन्त्र र लोकतन्त्र रक्षार्थ नेपाली काँग्रेस पटक पटकले बलिदानी दिदै आएको चर्चा गर्दै आउदो दिनमा मुलुकको समस्या समाधान गर्न नेपाली काँग्रेस अघि बढ्ने बताउदै यस धार्मिक यज्ञमा शान्ति सदभाव कायम गरेर मुलुकमा व्यप्त रहेको आशुरी शक्तिलाई नष्ट गर्ने बल यज्ञले प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाली काग्रेस सहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेका थिए भने गढीमाईको मेयर श्यामप्रसाद यादव, वृन्दावनको मेयर रामस्नेही यादव, चन्द्रपुरको मेयर रामचन्द्र चौधरी, परोहाको मेयर शेख वकिल, राजपुरको मेयर शेख सकिल, राजदेवीको मेयर धिरेन्द्र सिंह सहितका मेयर उपमेयर सहितका जनप्रनिनिधिहरुको उपस्थिति रहेको थियो ।


फागुन १९ गते देखि लिएर २९ गते सम्म संचालन हुने विष्णु पुराण महा यज्ञ मेलामा विभिन्न खेल तमाशा, रासलिला, रामलिला, सहितको विभिन्न झाकीहरु प्रदर्शन गर्न भारतबाट कलाकारहरु आएको गढीमाई नगरपालिकाको मिमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिदै सभापति देउवालाई नगरपालिकाको तर्फबाट १०५ किलोको माला लगाएर स्वागत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।