अरेबीयन देश साउदी अरव लागु औषधको लागि उर्वर बन्दै

279 Shares

साउदी अरब लागुऔषधको लागि हटस्पोर्ट बन्द गएको छ । गत अप्रिलमा एक भयानक लागुऔषध–प्रेरित हत्याको खबरले साउदी अरब तरङ्गित भयो । देशको पूर्वी प्रान्तमा एक व्यक्तिले रमजानको उपवास समाप्त भएपछि खाइने इफ्तारअघि आफ्नो परिवारको घरमा आगो लगाइदिए । उनको परिवारका चार सदस्य मारिए ।
स्थानीय मिडियाले प्रहरीलाई उदृत गर्दै लेखेअनुसार ती व्यक्ति साबु नामक मेथाम्फेटामाइन ड्रग्सको प्रभावमा थिए । साउदी मिडियामा पछिल्लो समय लागुऔषधको प्रयोगको वृद्धिले चर्चा पाउने गरेको छ । एक स्तम्भकारले राज्यमा बढ्दो लागुऔषधको ढुवानीलाई ‘देश विरुद्धको खुला युद्ध’ को रुपमा चित्रित गर्दै यो युद्ध अरू कुनै युद्धभन्दा बढी खतरनाक’ भएको वर्णन गरे ।
बुधवार, साउदी अधिकारीले राजधानी रियादको गोदाममा लगभग ४।७ करोड एम्फेटामाइन चक्कीहरू ढुवानी गर्न राखिएको पिठोमा लुकाइएको अवस्थामा फेला पार्यो । यो हालसम्म साउदी अरबमा भेटिएको अवैध लागुऔषधको सबैभन्दा ठूलो परिणाम हो । पछिल्लो परिणामको ड्रग्स भेटिनुले साउदी अरब मध्यपूर्वको लागुऔषध राजधानीको रूपमा विकसित हुँदै गएको कुरामै थप जोड दिन्छ ।
यो मुलुक सिरिया र लेबनानका तस्करहरूको लागि मुख्य गन्तव्य बनेको विज्ञहरूको भनाइ छ । यही साताको सुरुमा एक अमेरिकी तटरक्षक डुङ्गाले ओमानको खाडीमा माछा मार्ने डुङ्गामा ढुवानी हुँदै गरेको करोडौं डलर पर्ने ३२० किलोग्राम एम्फेटामाइन ट्याब्लेट र लगभग ३००० किलो चरेस बरामद गर्यो ।
विगतमा साउदी अरबमा चरेसको प्रयोग धेरै हुने गरेकोमा अहिले एम्फेटामाइन साउदी युवाहरू माझ लोकप्रिय बनेको छ । धनी उपभोक्ता बजारहरूमा, एम्फेटामाईनको ठूलो माग छ । देशको बढ्दो युवा जनसंख्याको बीचमा मनोरञ्जन गतिविधि न्युन रहेकाले धेरै ड्रग्सतर्फ आकर्षित भइरहेका छन् ।
उपभोक्ताहरू अफिम र कोकिनजस्ता ‘कडा’ ड्रग्सको तुलनामा कृतिम फेनेथाइलिन रहने क्याप्टागनलाई उचित मान्छन् । युवराज मोहम्मद बिन सलमानका सुधारले मनोरञ्जनका माध्यम बढेसँगै ड्रग्सको प्रयोग कमी हुने अपेक्षा केही विज्ञले गरेका छन् । पछिल्लो समय देशभर कयौं लागुऔषध दुर्व्यवसनीको लागि पुनःस्थापना केन्द्रहरू खुलेका छन् । तर मध्य–पूर्वमा अझै पनि लागुपदार्थ सेवन गर्नेहरु विरुद्ध कडा कारवाहीको व्यवस्था छ । अन्तरराष्ट्रिय एजेन्सी–सीएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।