सर्लाही क्षेत्र नम्बर २ बाट राजेन्द्र महतोलाई चुनाव लड्न ठूलो दबाव

288 Shares

राधेश्याम कुशवाहा सर्लाही , १९ भदौ । सर्लाही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोमाथि कार्यकर्ताहरुको ठूलो दवाव पर्न थालेका छन् ।
कार्यकर्ताको ठूलो दवावका कारण आफ्नो गृह जिल्ला सर्लाहीबाट नै महतो चुनाव लड्ने सम्भावना पनि बढ्दै गएको छ ।
लोसपा पार्टीको नेतृत्व तहमा रहेका सर्लाही जिल्लाका केन्द्रिय नेता अन्य जिल्लामा गएपछि यहाँका कार्यकर्ताहरु निरास बनेका छन् । आफ्ना नेता अन्य जिल्लामा गएपछि आफुहरु अभिभावक विहिन जस्तै भएको लोसपाका एक नेताले बताए ।
आफुहरुको माग वरिष्ठ नेता महतोले स्वीकार गरेन भने पार्टीबाट अलग हुन सक्ने सम्मको चेतावनी लोसपा सर्लाही जिल्लाका कार्यकर्ताहरुले दिएको पार्टीका मधेश प्रदेश कमिटिका सदस्य प्रभु चौधरीले बताउनुभयो ।
गत चुनावमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिलाई पराजित गर्दै नेता महतो निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसका नेता निधि आफु समानुपातिक तर्फको उम्मेदवार बन्ने घोषणा गरेपछि नेता महतो फेरी धनुषाबाट नै चुनाव लड्ने होकी भनेर सर्लाही जिल्लाका लोसपा नेता कार्यकर्ताहरुले दवाव बनाउन थालेका छन् ।
कार्यकर्ताको दवावपछि नेता महतो पनि सर्लाही क्षेत्र नम्बर २ बाट नै चुनाव लड्ने मनस्थितिमा पुगेको लोसपा एक नेताले दावी गरे ।
मधेश पोष्टसंग कुरा गर्दै नेता महतो आफुलाई पार्टी जुन ठाउँबाट टिकट दिन्छ त्यस ठाउँबाट चुनाव लड्न तयार हुने बताउनुभयो । तर हाल कुन ठाउँबाट चुनाव लड्ने निणर्य भईनसकेको उहाँले बताउनुभयो । यधपी सर्लाही क्षेत्र नम्बर २ बाट चुनाव लड्न कार्यकर्ताहरुको ठुलो दवाव आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।