रौतहट, २१ भदौं । नेपाल खानेपानी संस्थान शाखा कार्यालय गौरका प्रमुखको कारण चरम आर्थिक अनियमितता बढेको पाइएको छ ।
खानेपानी संस्थानको शाखा कार्यालय गौरलाई उनले व्यक्तिगत खानेबानी कार्यालयको रुपमा परिणत गर्दै गएको यतिखेर उनीमाथि आरोप लागेको हो ।
शाखा कार्यालयद्धारा उपभोक्ताहरु शुद्ध पानीको सेवन गर्न, सबैको घरमा खानेपानीको सहज पहुँच पुर्याउनका लागि विभिन्न समयमा गरिएको कार्यलाई बोलपत्र आह्वान नगरी बढि कमिशन दिने एउटै फर्मबाट पटक पटक कोटेशनमा काम गराउदै आर्थिक अनियमितता गर्दै आएको आरोप कार्यालय श्रोतले दाबी गरेका छन् ।
गत आर्थिक बर्ष २०७८—०७९ मा ४१९१ मिटर पाइपलाइनको काम कोटेशनबाट गराएको छ भने ४२६९ मिटर बोलपत्र आह्वानबाट गराइएको बुझिएको छ । नेपाल खानेपानी संस्थान शाखा कार्यालय गौरका प्रमुख गोविन्द साहले सेम प्रकृतिको कामको बजेटलाई टुक्रा टुक्रा पारेर गौरकै एउटा कन्ष्ट्रक्सन मार्फत कोटेशनमा काम गराई संस्थानलाई नोक्सानी पुर्याउदै आफनो व्यक्तिगत स्वार्थ पुरा गर्नमा तल्लिन रहेको ति श्रोतले तराई टपलाई जानकारी दिए ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय गौरका प्रमुख गोविन्द साह आए देखि नै कार्यालयमा विभिन्न किसिमको आर्थिक अनियमितता भईरहेको छ तर त्यसलाई नियन्त्रण गर्ने कोही नहँुदा बोलपत्रको काम कोटेशनमा धमाधम गराउदै संस्थानलाई हानी नोक्सानी पुर्याउदै आएको कार्यालय श्रोतले दाबी गरेको छ ।
पाइपलाईनको काम गर्दा कम्तीमा ३ फिट सम्म जमिनमुनी गाड्नुपर्ने तर माथि माथि नै पाइप राखेर विलको भुक्तानी दिई गुणस्तरहिन काम गराएपनि सम्बन्धित निकायबाट नियमित अनुगमन निरीक्षण नहुँदा आर्थिक अनियमितताको पराकाष्ठा प्रमुख साह नाघेको विशेष श्रोतले बतायो ।
कोटेशनको काम कति गर्नुपर्ने हो, कोटेशन गर्दा रित पुर्याउनुपर्ने कागजातहरु पुरा छ कि छैनन्, सुचना पार्टीमा सुचना टाँस गर्नुपर्ने, स्थानीय पत्रपत्रिकामा सुचना प्रवाह गर्नुपर्ने तर त्यसो नगरी गोप्य रुपमा बहुँसंख्यक कामहरु कोटेशनबाट गराएर कार्यालय प्रमुख आर्थिक अनियमितता गर्दै आएको आरोप श्रोतले लगायो ।
त्यती मात्रै नभई बरहवा पुल देखि लिएर गौर भन्सार कार्यालय सम्म ३५ लाखको काम टुक्राटुक्रा पारेर सेम प्रकृतिको कार्यलाई कोटेशनमा दिएको रहस्य यतिखेर बाहिरिएको छ । टेण्डरको काम कोटेशनमा दिएर कार्यालय प्रमुख साह चरम आर्थिक अनियमितता गर्दै आएको हुँदा सम्बध निकायले गत आर्थिक बर्षको फायलहरु नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरेर दोषि पाइएको खण्डमा संस्थानको ऐन बमोजिम कारवाहीको माग ति श्रोतले गरेको छ ।
यस विषयमा कार्यालय प्रमुख गोविन्द साह संग सम्पर्क गर्दा उनी कार्यालय बाहिर रहेको हुँदा सम्पर्क हुन सकेन । किन भने उहाँ सधै कार्यालय बाहिर रहने बानी परिसकेको समेत गुनासो कार्यालय श्रोतले जनाएको छ ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय गौरमा चार चक्का जीप बर्षौ देखि थन्किएको छ, २ वटा मात्रै बाइक छ तर मर्मतको नाममा लाखौंं रकम निकाशा भएको साथै इनधनमा ठूलो चुहावट रहेको समाचार भोलीको अंकमा प्रशाशित गरिने छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन