सर्लाही, २१ भदौं । नेपाली काँग्रेसको चर्चित नेता एवं सर्लाही ४ का प्रतिनिधि सभा सदस्य अमरेश सिंहलाई आउदो मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको सूचीमा नाम समावेश नगरी उल्टै अनुशासात्मक कारवाही गरिएको छ ।
गत वैशाख महिनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी प्रति अन्तरघात गरेको भन्दै उनलाई जिल्ला अनुशासन समितिले कारबाही गरेको हो ।
जिल्ला अनुगमन समितिका संयोजक डा. सरोज कुमार अनुगमन गर्दा पार्टीलाई आन्तरिक रुपमा अन्तगर्घात गरेर अधिकाँश साथीहरुलाई हराउनमा सहयोग गरेको हुँदा सर्लाही क्षेत्र नम्वर ४ का साँसद डा. अमरेशकुमार सिंहलाई अनुशासन समितिको २०७९÷०३÷०२ को निर्णय अनुसार पार्टीबाट निलम्बन गरिएको बताइएको छ ।
जिल्ला अनुशासन समितिले मधेश प्रदेश कार्यसमितिलाई गत असार ४ गते नै सिंहमाथि कारबाही गरिएको पत्र पठाएको थियो ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले साँसद सिंहलाई अनुशासनको कारबाही अन्तर्गत निलम्बन गरिएको जनाए । स्थानीय तहको चुनावमा अन्तर्घात गरेको उजुरीका आधारमा क्षेत्रको सिफारिसमा जिल्लाले कारबाही गरेको हो, उनले भने ।
अनुशासन समितिका संयोजक डा. सरोजकुमारद्वारा हस्ताक्षरित पत्रमा कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम निलम्बन गरिएको उल्लेख गरिएको छ । विधानको धारा ३४ (अनुशासनसम्बन्धी व्यवस्था) (ख) मा पार्टीको विधान, नियमावली विपरीत कार्य गरेमा अनुशासन उल्लंघन गरेको मानिने छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन