सुब्बा कार्की
चन्द्रपुर, २१ भदौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) रौतहटले मंगलवार रौतहट क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज युवराज भट्टराई (समिर) को प्रमुख आतिथ्यतामा बसेको पार्टीको क्षेत्र नं. ४ को क्षेत्रीय कमिटीको बैठकले क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज युवराज भट्टराई समिरको एकल नाम सिफारिस गरेको हो ।
त्यसैगरी समानुपातिक तर्फ देवकी नेपाल, गणेश बस्नेत, सुनिल खरेल र अमित कुमार श्रेष्ठको नाम सिफारिस गरेको छ । यस्तै क्षेत्र नं. ४ क अन्तर्गत प्रदेश सभा सदस्यका लागि पार्टीका मधेश प्रदेश सदस्य तथा रौतहट जिल्ला संयोजक देवेन्द्र पटेल, प्रदेश सभा सदस्य वीर बहादुर गोले र एकराज थापालाई सिफारिस गरेको छ ।
त्यस्तै समानुपातिक तर्फ कमल पहरी, धरीचन राम, पदम कुमारी राना, राम बहादुर घलान र टेकनाथ खरेलको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नं. ४ ख अन्तर्गत प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तर्फ नागेन्द्र यादव, इदमहमद मन्सरी र जितेन्द्र श्रीवास्तवको नाम सिफारिस गरिएको छ । सभानुपातिक तर्फ सकिलिया खातुन र सोमरिया देवीको नाम सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज युवराज भट्टराई समिरले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन