काठमाडौं, २३ भदौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंक बीच सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंक का सहायक महाप्रबन्धक आकाश विक्रम थापाले संयुक्त रुपमा हस्ताक्षर गरेर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको जनाएको हो ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बिवाइडि ब्रान्डका सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा नक्साल स्थित साइमेक्स इंक (साइमेक्स इंक—बिवाइडी) को सहकार्यमा सहज रुपमा सेवा प्राप्त गर्न सक्ने गरी यो सेवाको औपचारिक रुपमा शुभारम्भ गरिएको नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले बताए ।
साइमेक्स इंक बाट बिक्री वितरण हुने बिवाइडी ब्रान्डका सम्पूर्ण सवारी साधनको बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गरिने र बीमा पश्चात कुनै पनि दुर्घटनामा परेर भएको क्षतिलाई सहज र सरल रुपमा नगद रहित दावी भुक्तानी गर्ने गरी दुवै कम्पनी बिच सम्झौता भएको उनले भने ।
कम्पनीबाट बीमा भएको चार पांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा साइमेक्स इंक को मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा सो मर्मत वापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंक लाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।
आइएमईजनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोवाइल नम्नर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइवर, वाह्ट्स एप मार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ । सवारी साधन बिवाइडीको सर्भिस सेण्टरमा पु¥याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ । मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बिवाइडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमा भन्दा माथिको रकम सम्बन्धित सवारी साधन धनीले भुक्तानी गर्ने गरी सो को जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितीको जानकारी बिवाइडी बाट गराइने छ । सहज र सरल रुपमा सवारी धनीहरुले नगद रहित दावी सेवा प्राप्त गर्न सक्नु हुने हुनाले बीमा गर्दा र दावी पर्दा सहज सेवा प्रदान गर्नेगरी दुवै कम्पनी बीच सेवा सम्झौता भएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन