रौतहट । मंसिर ४ मा हुने संघिय र प्रादेशिक निर्वाचनमा उम्मेदवार कुन क्षेत्रबाट बनौं भने अहिले पार्टीका शिर्ष नेताहरुलाई हम्मे हम्मे परेको छ ।
यतिबेला प्रमुख दलका शीर्ष नेताहरू धेरैभन्दा धेरै निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि नाम सिफारिस भइरहेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न नपाउने व्यवस्था छ । तर, आफूलाई बलियो र चर्चित बनाउन धेरैभन्दा धेरै निर्वाचन क्षेत्रबाट सिफारिस गराउने लहर नै यति वेला चलेको हो ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबाहेक अन्य शीर्ष नेता धेरै ठाउँबाट सिफारिस भइरहेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन, नवलपरासी, बागलुङबाट सिफारिस भएका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौ र रौतहटको १ र ४ बाट सिफारिस भएका छन् ।
तर, सबैभन्दा धेरै निर्वाचन क्षेत्रबाट सिफारिस हुनेमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन् । उनको नाम तराईका पाँच जिल्लाबाट सिफारिस भएको छ। धनुषा, सप्तरी, सिरहा, बारा र मोरङका ६ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको चुनावको पार्टीको तल्लो कमिटीले सिफारिस गरेको छ।
उपेन्द्र यादव मोरङ ५, धनुषा३, बारा २ र ३, सिरहा १ र २ बाट नाम केन्द्रमा पठाइएको छ। जति धेरै जिल्लाबाट सिफारिस भए पनि यसपटक उपेन्द्र यादव निकै असुरक्षित रहेको बताइन्छ । जसपाको संगठन कमजोर हुँदै गएको र मधेस प्रदेश सरकारको बदनामीले उपेन्द्रलाई चुनाव जित्न पनि धौ धौ पर्ने बताइन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन